सिरहा । चाड पर्वका कारण माटाको भडा विक्री गर्न कुमालहरुलाई भियाई नभियाई भईरहेको छ । आउँदै गरेको दिपावली तथा छठ पर्वमा परम्परागत रुपमै माटाको भाडामा पूजा गर्ने चलन भएकोले बजारमा माटाका भाडा खरिद गर्नेहरुका भिडा बढेका छन ।
सिरहा सदरमुकामको गुदरी बजारमा माटा भाडा खरिद गर्नेहरुका भिड बढेका छन । हाप्तको तिन दिन लाग्ने गुदरी बजारमा अहिले माटाको भाडा कुडा विक्री बढी भईरहेको व्यपारीहरले बताए । छठ पर्वका लागि चाहिन एक सेट माटा भाडाको मूल्य रु. १ सय २५ मा खरिद विक्री भईरहेको छ । गत वर्षको तुलनामा यस वर्ष माटाको भाडा मूल्य २५ रुपैयाँ बढेको फूलो देवी यादबले बताईन ।
त्यस्तै माटाको भाडा बनाउन समस्या भएको र लकडाउनका कारण भाडा निर्माण गर्न चाहिने आवश्यक सामाग्री खरिद गर्न पनि असज भएको कारण मृल्य बढाउनु परेको सिरहा नगरपालिका वडा नं. ११ बस्ने कुमाल ममता देवीेले बताईन । चाड पर्वमा आधुनिकता बढदै गएका कारण माटाको भाडा दिपावली तथा छठ पर्वमा मात्र बढी विक्री हुन्छ । तर अन्य चाड पर्वमा पहिलो जस्तै विक्री वितरण हुदैन । हामीलाई यस पेशमा कार्य गरी घरपरिवार चलाउन सहज छैन । घरका पुरान व्यक्तिहरुले मात्र माटाका भाडा बनाउने गर्दछन । यसका कारण माटा भाडा पनि सबैलाई पुगाउन गा्रहो भईरहेको छ र मृल्य वृद्धि पनि गर्नु परिरहेको ममताले बताईन ।
स्थानिय सरकारले माटा भाडा बनाउने व्यवसायिलाई सहयोग गरे यस व्यवसायिमा कार्य गर्नेहरुका छोराछोरीले अन्य पेशामा पलाय हुदैन । यसका लागि सरकारले घरेलु उधोग अन्तर्गत नै हामीलाई सहयोग गर्नु पर्ने राजे देवी कुमालले बताईन ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved