सिरहा । बि.एम. जेड. तथा डबुल एच.एच. को सहयोगमा फोरर्वाड नेपालद्धारा जिविको उपार्जन परियोजना अन्तर्गत दलित, भुमिहिन तथा एक्ल महिला किसानहरुका सहयोगका लागि फिल्ड क्षेत्रका कृषि सहकारी संस्थालाई घुमती कोष अनुदान रकम हस्तान्त्रण गरेको छ ।
सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबको प्रमुख आतिथियमा आयोजना गरिएको कार्याक्रम सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिकामा किसानहरुका क्षत्रेमा कार्यरत्त ५ वटा कृषि सहकारी संस्थाहरुलाई रकम उपलब्ध गराएको हो ।
मेयर यादबले आयोजक संस्थालाई धन्यवाद दिदै कृषि सहकारी संस्थालाई लक्षीत वर्गलाई केन्द्रि गरि ऋण उपलब्ध गराउन आग्रह गर्दै श्री सारस्वर नाथ साना किसान कृषि सहकारीलाई रु. १ लाख २० हजार, श्री बगहा कृषि सहकारी संस्थालाई रु. १ लाख २० हजार, श्री साना किसान कृषि सहकारी संस्थालाई रु. ६० हजार, श्री माँ काली महिला साना किसान सहकारीलाई रु. ६० हजार र श्री अग्रशिल महिला साना किसान संस्थालाई रु. ६० हजारको चेक हस्तान्त्रण गर्नुृ भयो ।
रु. २ लाख ४० हजार अधिकतम र रु. १ लाख ५० हजार न्यूनत्तम रकम यस अघि पनि उपलब्ध गराई सकेको र किसानहरुका माग अनुसार कृषि पेशबाट पलायन हुने अवस्था रहेका किसानलाई सहयोगका लागि पुनः रकम उपलब्ध गराएको संस्थाका कृषि अधिकृत टंक प्रसाद अर्चायले बताउनु भयो । उपलब्ध अनुदान रकम कृषि खेतिका किसानलाई १२ प्रतिशत र मासु जन्य उत्पादन गर्ने किसानलाई ९ प्रतिशतको व्यजदरमा ऋण लगानी गर्ने निर्देशन कृषि सहकारीहरुलाई दिईएको छ । किसानहरुबाट प्राप्त हुने व्यजबाट आधा सहकारीले प्रशासनिक खर्चमा राख्ने र आधा पुन विउ पुँजीका रुपमा लगानी गर्नु पर्ने सम्झौता रहेको अर्चायले प्रष्ट पार्नु भयो ।
अनुदान रकम किसानहरुले उपलब्धि मुलक रुपमा सदउपयोग गरेको साना किसान कृषि सहकारी कल्याणपुर १ अर्नमाको प्रवन्धक मनतोरिया देवी मंडलले बताईन् । यस अघि प्राप्त गरेको अनुदान रकम अति विपन्न ६ जना किसानलाई लगानी गरेकोमा सबैले एक वर्ष भित्र व्याज सहित फिर्ता गरी सकेका छन । फिर्ता भएका रकम पुनः किसानमा लगानी गरी सकेका छौँ । विपन्न किसानले अनुदान ऋणबाट किृष खेति तथा पशु पालन लगायतका क्षेत्रमा तिन दोब्वर आम्दनी गरेर देखाएका छन । अनुदान रकम उपलब्धि मुलक भईरहेकोले रकम थप गर्नु पनि आग्रह मंडलले गरीन् ।
परियोजना जिविको उपर्जन तथा बालबालिक पोषण क्षेत्रमा कार्य गरिरहेकोले किसानलाई योग्य बनाउन परियोजना अवधि भित्र विभिन्न किसिमका सहयोग तथा जनचेतना दिईरहने डबुल. एच.एच. को प्रतिनिधि उत्तम शर्माले बताउनु भयो ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved