सिरहा । सिरहा नगरपालिका प्रमुख श्री अशेस्वर प्रसाद यादव ज्युद्वारा सिरहा नगर विकास बजेटबाट वडा नं. २० गदियानिमा दुर्गा मन्दिर निर्माणको लागि शिलान्यास गर्नु भएको छ ।
नगरपालिकाबाट तत्काल रु.११ लाखवाट निर्माण कार्यको सुरुवात गर्ने तथा निर्माण कार्य सम्पन्न गर्न आवश्यक रकम समेत व्यवस्थापन गर्ने नगर प्रमुख यादवले प्रतिबद्धता गर्नु भएको छ ।
शिलान्यास कार्यक्रममा जनता समाजवादि पार्टी नेपालका नेता तथा प्रदेश सभा ३ (ख) को प्रत्यासी श्री मनोरञ्जन गोईतसहित वडा नं. २० को वडा अध्यक्ष, भुपु गा.वि.स. अध्यक्ष राम बृक्ष यादव, कार्यपालिका सदस्य हिन्दकेश्वर प्रसाद लाल कर्ण सहित स्थानियवासिहरु समेतको उपस्थिति रहेको थियो ।
दुर्गा मन्दिरको शिलान्यास भएकोम स्थानियवासिहरु हर्शित भई हर्सोउल्लासका साथ गौरवान्वित भएको बिरेन्द्र यादबले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved