सिरहा । दिपावली र छठको पावन अवसरमा सिरहा नगरपालिका प्रमुख असेश्वर प्रसाद यादबको नेतृत्वमा सलहेश दरबारलाई सरसफाई कार्याक्रम गरिएको छ ।
हिन्दी धर्मालम्बीहरुले दिपावलीमा धन र वैभवको देवी लक्ष्मीलाई भित्रियाउन घर आग्न सरसफाई गर्ने चलन छ । त्यस्तै भगवान सूर्यको पूजा आराधाना गर्न जलासय, पोखरी र नदी पनि सरसफाई छठको लागि गरिन्छ । महान पर्व सरफाईसँग जोडिएकोले सलहेश दरबारलाई पनि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ओम शान्ति परिवार लगायत स्थानियहरुका सक्रयतामा सरसफाई कार्याक्रम सम्पन गरिएको छ।
लक्ष्मी माताको अगामनका लागि गरिने सरसफाई निरन्तर रुपमा सिरहा नगरपालिका वासीले सरसफाई गरे जिवन सुशीसँगै लक्ष्मीको वास सदैव हुने प्रमुख यादबले बताए । सिरहा सरदरमुकाममा ढल निकाष अवरुद्धका कारण फोहरमौला बढी हुन भएकोले स्थानिय वासीहरु आफ्नो घर अगाडीका ढल निकाषलाई पनि सफाई गरि स्वाच्छ नगरपालिका बनाउन कर्तव्यलाई निर्भाह गर्न जरुरी छन । कोभिडका कारण नगरपालिकाको विकास कार्याक्रम प्रभावित भएको कारण ढल निकाष निर्माणलाई निरन्तरता दिन नसकेको हो । तर अब नगरपालिकाका कार्याक्रम कार्यन्वयन सुरु भएकोले सलहेश दरबार लगायत बजार क्षेत्र सफा निरन्तर हुने यादबले बताए ।
सरसफाई कार्याक्रममा जिल्ला अधिकारी प्रदीपराज कडेंल, जिल्ला प्रहरी प्रमुख उमा शंकर पन्जियार लगायत स्थानियवासीहरुका सहभागित रहेको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved