सिरहा । गत चैत ११ पछी मुलुकमा लकडाउन अथर्त बन्दाबन्दि अबस्थामा छ । २०७७ असार १ गते देखि लकडाउन केही लचकता अपनाइए पनि विद्यालयहरु बन्द नै रहेको छ । सबैखाले विद्यार्थीहरुका नियमित पठन पाठन बन्द छ । विश्वव्यापीक कोभिड-१९ भाइरसको महामारीले नेपालको शिक्षा प्रणाली नराम्रोसँग प्रभाबित भएको छ ।
कोभिड १९ संक्रमणका बढदो दरसंगै यो शिक्षा क्षेत्रको अन्यैलता अझै बढेपछी सिरहाको बरियारपट्टी गाउँपालिका वाड न.३ मा रहेको जनता माध्यमिक बिद्यालय दैरिपट्टी शिबनगर बिद्यालयमा अभिभावक समिति र शिक्षकहरुका संयुक्त बैठक बशी शिकाइ सहजीकरण केन्द्र अन्तरगत बैकल्पिक कक्षा संचालनका लागि गाउँमै सहजीकरण केन्द्र राखी विद्यार्थीलाई पठन-पाठन गराउने निर्णय गरेका छन ।
बिद्यालयको प्रधानाध्यापक उमेश साहले भने, हाम्रो बिद्यालय तराईको अति दुर्गम ठाँउमा हो भन्दा पनि हुन्छ । विद्यार्थीहरुको लागि बैकल्पिक पठ्न-पाठ्न संचालन गर्दा निकै कठिनाइ भइरहेको छ । मक्स सेनिटाइजर साबुन र सामाजिक दुरि कयम गरि बालबिकाश देखि ५ कक्षा सम्मको पहिलो सिफटमा, ६ कक्षा देखि ८ कक्षा सम्मको दोस्रो सिफट राखी सहजीकरण केन्द्रमै राखिएको छ ।
कक्षा ९ देखि १२ सम्हको अन्लाईन पठ्न पाठ्न संचालनमा रहेको बिद्यालयको प्रधानाध्यापक साहले सीमासन्देश सम्बादाता सन्तोश यदवलाई बताए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved