बर्दिबासमा बालत्कार गरी हत्या गरेकी बालिका प्रति सिरहामा मौनवत्ती प्रज्वलन गरी श्रद्धाञ्जली कार्याक्रम गरियो

  • मंसिर १२, २०७७ | ९०४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । बर्दिबासमा ६ बर्षीय बालिकालाई बालत्कार गरी हत्य गरेकोलाई कडा करवाहीको माग गर्दै मातृभूमी जनसेवा समाज सिरहाले मौनवत्ती प्रज्वलन गरी श्रद्धाञ्जली कार्याक्रम गरेका छन । 

महोत्तरीमा दुई घटना विरुद्ध तिनदिनदेखि बन्दहड्तालले अक्रान्त बनेको बर्दिबास शुक्रबारदेखि शान्त बन्दै गएको छ । शुक्रबार बिहानदेखि राजमार्गमा निर्वाद सवारीसधान चलिरहेको छ भने बजार समेत खुलेको छ ।

६ वर्षीया बालिकाको बालत्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनमो प्रहरीको गोली लागेर संजय न्यौपानको मृत्यु भएपछि मंगलबारदेखि बर्दिबासमा बजार तथा पूर्वपश्चिम राजमार्ग बन्दसहित प्रदर्शन भएको थियो । मंगलबार, बुधबार र बिहीबार प्रदर्शन भएपछि शुक्रबार बिहानदेखि बर्दिबासको अवस्था समान्य बनेको छ ।

स्थानीय प्रशासन र सर्वपक्षीय बार्ता समितिबिचको चारबुँदे सहमति र गृहमन्त्रालयले समेत दोषीमाथि कारबाही गर्ने, घटनाको छानविन तथा मृतक परिवारलाई उचित क्षतिपुर्ति दिने प्रतिवद्धता जाहेर गरेपछि आक्रोशित स्थानीयहरु बन्द तथा प्रदर्शन स्थगित गरेका छन् ।

मृतक बालिकाको परिवारले आज इलाका प्रहरी कार्यालय बर्दिबासमा बलात्कार तथा हत्यामा संलगन २५ वर्षीय युवक अरुण साह र उनलाई सघाउने विरुद्ध किटानी जाहेरी दर्ता गराउन लागेका हुन् ।

उक्त कार्याक्रम सिरहा सदरमुकामको सहिद चौकमा अभिनाश पूर्वे र मनिष यादबको नेतृत्वमा आयोजना गरिएको थियो ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब