साना किसान कृषि सहकारी संस्था भलुवाहीको ९ औँ साधारण सभा सम्पन्

  • माघ १, २०७७ | ६५० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । साना किसान कृषि सहकारी संस्था लि. सिरहा नगरपालिका ११ हनुमानगर प्र.म., सिरहाले भव्यताका साथ ९ औँ साधारण सभा सम्पन गरेको छ । बचत संकलन तथा परिचालन, कृषि उत्पादन र कृषि व्यवसायिकरण मुख्य उदेश्य लिईएका सहकारी संस्थाका महिला १२१ सदस्य, पुरुष २ गरी कुल १२३ सदस्य रहेका छन । शेयर सदस्यहरुमा महिला ५९२, पुरुष १० गरी कुल ४५१ रहेका छन । संचालक पदाधिकारीमा महिला ७, पुरुष २ गरी कुल ९ सदस्य रहेका छन । हाल सम्म उक्त सहकारी संस्थाका सेवा ७ हजार ६ सय १९ घरधुरीमा पुगेका छन ।

 यस र्आिर्थक वर्ष २०७७ मा संस्थागत कानून प्रक्रियालाई व्यवस्थित रुपमा कार्यन्वयन गरी पुँजी तथा सम्पति रु. २ करोड ३३ लाख ३५ हजार ५ सय ६८ देखिएको र संस्थाले कुल नाफा रु. ५ लाख ३३ हजार ५ सय ७८ गरेको साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष बिनोद कामतीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा रहेको छ  ।

दलित गरिवका उत्थानका लागि प्रमुख भुमिकामा रहेको सहकारीलाई सिरहा नगरपालिकाले विशेष सहयोग गरी आर्थिक क्रान्तिको नारालाई सफल बनाउने कार्याक्रमको विशिष्ट अतिथि सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो ।

सिरहा नगरपालिका वडा नं. ११ को दलित गरिवलाई आर्थिक उत्थानमा प्रभावकारी भुमिका रहेको सहकारीलाई अगामी कार्यकाल पनि सफल हुने शुभकामना दिनु भयो । तर आजको आर्थिक कान्तिका युवलाई अध्ययन गरी सामाजका विभिन्न क्षेत्रलाई जोडि कार्य आगाडी बढाउनु पर्ने रेडियो सलहेश एफ.एम.को अध्यक्ष चन्ददेव कामतीले बताउनु भयो ।

देशका आर्थिक विकासको प्रमुख मेरुदण्डहरु मध्ये सहकारी पनि एक भएकोले नगरपालिकामा गरिवी हटाउन र कृषिलाई प्रमुख जोड दिई आर्थिक कान्तिमा साथ लिईएर अगाडी बढनुको कुनै विकल्प नभएको सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले बताउनु भयो ।

नेपाल सरकारले बनाएको सहकारी ऐनलाई आधार मानि नगरपालिकाका विभिन्न सामस्यालाई योजनावद्ध गरी कार्य गर्ने सके नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । पछाडी परेको  ठाउँलाई आर्थिक विकासमा जोडन सफल भएको भन्दै आगमी दिनमा पनि सफलता प्राप्त हुने शुभकामना पनि दिनु भयो ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब