सिरहा । साना किसान कृषि सहकारी संस्था लि. सिरहा नगरपालिका ११ हनुमानगर प्र.म., सिरहाले भव्यताका साथ ९ औँ साधारण सभा सम्पन गरेको छ । बचत संकलन तथा परिचालन, कृषि उत्पादन र कृषि व्यवसायिकरण मुख्य उदेश्य लिईएका सहकारी संस्थाका महिला १२१ सदस्य, पुरुष २ गरी कुल १२३ सदस्य रहेका छन । शेयर सदस्यहरुमा महिला ५९२, पुरुष १० गरी कुल ४५१ रहेका छन । संचालक पदाधिकारीमा महिला ७, पुरुष २ गरी कुल ९ सदस्य रहेका छन । हाल सम्म उक्त सहकारी संस्थाका सेवा ७ हजार ६ सय १९ घरधुरीमा पुगेका छन ।
यस र्आिर्थक वर्ष २०७७ मा संस्थागत कानून प्रक्रियालाई व्यवस्थित रुपमा कार्यन्वयन गरी पुँजी तथा सम्पति रु. २ करोड ३३ लाख ३५ हजार ५ सय ६८ देखिएको र संस्थाले कुल नाफा रु. ५ लाख ३३ हजार ५ सय ७८ गरेको साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष बिनोद कामतीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा रहेको छ ।
दलित गरिवका उत्थानका लागि प्रमुख भुमिकामा रहेको सहकारीलाई सिरहा नगरपालिकाले विशेष सहयोग गरी आर्थिक क्रान्तिको नारालाई सफल बनाउने कार्याक्रमको विशिष्ट अतिथि सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो ।
सिरहा नगरपालिका वडा नं. ११ को दलित गरिवलाई आर्थिक उत्थानमा प्रभावकारी भुमिका रहेको सहकारीलाई अगामी कार्यकाल पनि सफल हुने शुभकामना दिनु भयो । तर आजको आर्थिक कान्तिका युवलाई अध्ययन गरी सामाजका विभिन्न क्षेत्रलाई जोडि कार्य आगाडी बढाउनु पर्ने रेडियो सलहेश एफ.एम.को अध्यक्ष चन्ददेव कामतीले बताउनु भयो ।
देशका आर्थिक विकासको प्रमुख मेरुदण्डहरु मध्ये सहकारी पनि एक भएकोले नगरपालिकामा गरिवी हटाउन र कृषिलाई प्रमुख जोड दिई आर्थिक कान्तिमा साथ लिईएर अगाडी बढनुको कुनै विकल्प नभएको सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले बताउनु भयो ।
नेपाल सरकारले बनाएको सहकारी ऐनलाई आधार मानि नगरपालिकाका विभिन्न सामस्यालाई योजनावद्ध गरी कार्य गर्ने सके नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । पछाडी परेको ठाउँलाई आर्थिक विकासमा जोडन सफल भएको भन्दै आगमी दिनमा पनि सफलता प्राप्त हुने शुभकामना पनि दिनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved