सिरहा नगरपालिका भित्र बिन नक्सा घर निर्माण गरे करवाही हुन्छ : मेयर यादब

  • माघ १५, २०७७ | ९६० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिका भित्र बिना नक्सा घर निर्माण गरे करवाही गर्ने  नगरपालिका मेयर असेश्वर प्रसाद यादबले बस्ती विकास तथा घर नक्शा मापदण्ड सम्बन्धि तिन दिने तालिमको समापन् कार्याक्रमलाई संबोधन क्रममा बताउनु भयो । सिरहा नगरपालिकाको आयोजनामा जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित सरोकारवालाहरुलाई बस्ती विकास तथा घर नक्शा सम्बन्ति तालिम दिई नेपाल सरकारको  मापदण्ड कडा रुपमा कार्यन्वयन गर्न यादबले निर्देशन दिनु भयो ।

सिरहा नगरपालिका भित्र भईरहेको सडक निर्माण तथा बस्ती विकास क्रममा देखिएको समस्यालाई वडा स्तरबाट सामाधानका  लागि तालिम दिईएको नगरपालिका प्रशासकीय प्रमुख बलिराम यादबले बताउनु भयो । जथाभावी रुपमा भईरहेको घर निर्माणलाई रोकी नेपाल सरकारको मापदण्डलाई पुरा गरी मात्र निर्माण गर्न दिन वडा अध्यक्ष तथा कर्मचारीहरुलाई निर्देशन दिन भयो । नेपाल सरकारको मापदण्ड प्रयोग गरी घर निर्माण गरे नागरिकलाई  नै धेरै फाईदा हुने भएकोले जग्गा सम्बन्धि विवाद पनि नियन्त्रण हुने यादबले बताउनु भयो ।

तिन दिने भएको तालिमा जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि धेरै नै उपयोगि भएको सिरहा नगरपालिका वडा नं. ११ को अध्यक्ष विनोद कामतीले बताउनु भयो । सडक बाटो तथा घर निर्माण सम्बन्धि प्रक्रिया र मापदण्ड बारे स्पष्ट रुपमा बुझन पाउदाँ वडा भित्र भईरहेको विभिन्न निर्माण कार्यलाई कानून सम्बद्ध बनाउन र जथाभावी बस्ती विकास र घर निर्माणलाई रोक्न सकिने बताउनु भयो ।

तालिममा तिन दिन सम्म सक्रिय सहजिकरण गर्नु भएको पर्व नेपाल सरकारको सचिव रामअधिन यादब र प्रशिक्षक कृष्ण अधिकारीलाई सामान पत्रसहित गोसला ओढाई सिरहा नगरपालिका मेयारले सामान गर्नुृ भयो । 

143685784_4316374925044338_7325943400491523202_n

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब