अमेरिकामा छोरीको जन्म महत्वसव र गाउँमा जेष्ठ नागरिक सामान कार्यक्रम

  • माघ २२, २०७७ | १,७५५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिका वडा नं- २२ निवासी देवेन्द्र कुमार गोपले अध्ययन शिलशिलामा अमेरिका पुगे । तर अमेरिकामा विवाह गरि तेही नै घर जम बसायो । यता नेपालमा आमा बुवा आफ्नो पुरखौली घरमा जिवन यापन गरिरहेका छन । 

भनिन्छ , मातृ भुमि सबैलाई प्यारो हुन्छ । मान्छे जहाँ पुगेपनि आफ्ना जन्म भुमि प्रति माया लागि रहन्छ । गोपको अहिले दुई वटा सन्तान छन । कान्छो छोरीको एक वर्ष पुगेको जन्म दिनको शुभ अवसरमा आफ्ना गाउँ हकपाराका जेष्ठ नागरिकहरुलाई जाडोबाट बचाउनका लागि कम्वल खरिद गर्न रु.५ सय नगद  वितरण गरेको छ । जेष्ठ नागरिक सामान कार्र्यक्रम उनको बुवा हिन्दी विषयको प्रध्यापक सूर्यनाथ गोप यादबको अध्यक्षता र सिरहा क्षेत्र नं. २ को पूर्व संसद सुरेश चन्द्र दास यादबको प्रमुख अतिथियमा २०० जना जेष्ठ नागरिकलाई नगद उपलब्ध गराएका छन ।

मानिस जहाँको भएपनि सबैलाई अशिर्वाद भन्दा ठुलो धन कुनै हुदैन । सबै अशिर्वाद साथ भए मात्र विकास तथा समृद्धि हुन्छ । आजको दिनमा देवेन्द्रले त्यो कुरा समाजलाई बुझाई दिईएको पूर्व गाविस अध्यक्ष राम देव यादबले बताउनु भयो ।

सामाजको सभ्यता विकासका लागि विदेशीक रोजगारमा रहेका यस्ता युवाहरुका प्रयास सब भन्दा उत्तम रहेको छ । यसलाई अन्य युवाले पनि जोगाउन प्रयासमा लाग्नु पर्ने मनोज गोपले बताउनु भयो ।
सामाजको विकास तथा हाम्रा संस्कृति जगेडना यस्ता सामाज सेवाले मात्र जोगाउन सकिन्छ । जेष्ठ नागरिकलाई सच्चा सामान भने कै प्रेम र माया हो । जुन आजको दिन यस गाउँका एउटा युवाले देखाएको सिरहा क्याम्पसको पूर्व क्याम्पस प्रमख मधु सुदन यादबले बताउनु भयो ।

देशमा अहिले जेष्ठ नागरिकहरुका विभिन्न समस्याहरु देखिएका छन । छोरा–छोरी विदेश पलायन भएका कारण आमा बुवाका स्याहार सुसकार कसले गर्ने भने विषय धेरै नै पिडादाय भएका छन । त्यसैले छोरा–छोरीले अधिकार र कर्तव्यलाई बुझि आफ्ना आमा बुवा प्रति विशेष माया दिनु पर्छ । यसले मात्र हाम्रा आधुनिक सामाज विकास गर्न सकिने संसद यादबले बताउनु भयो ।

146478767_947018739165410_8557874336600786904_n

पहिलो सामान हकपार निवासी १०९ वर्षिय भुलकुन देवी साहलाई गर्नु भएको थियो । कार्यक्रमलाई सहजिकारण युवा नेता जिवछ यादबले सफलता पूर्वक गरि सम्पन गर्नु भयो ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब