सिरहा । सिरहा नगरपालिका भित्र आपाङ्ग मैत्री आधारभुत सेवा केन्द्र निर्माण सुरु भएको छ । संघिय सरकारको ३ कारोड ४० लाख लागत अनुदानमा सिरहा नगरपालिकाको आठ वटा वडाहरुमा चार कोठे सुविधा सम्पन् सेवा केन्द्र निर्माण हुने सिरहा नगरपालिका प्रशासकीय प्रमुख बलिराम यादबले बताउनु भयो ।
यसै क्रममा सिरहा नगरपालिका वडा नं. १० नरैहियामा चार कोठे आधारभुत स्वास्थ्य सेवा केन्द्र मेयर असेश्वर प्रसाद यादबद्धारा शिल्यानाश गरिएको छ । प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि आधारभुत स्वास्थ्य सेवा केन्द्र जनतालाई प्रभावकारी सेवा उपलब्ध गराउने मेयर यादबले बताउनु भयो । नरैहीयामा बन्न लागेको आधारभुत स्वास्थ्य सेवा केन्द्र रु. २० लाख ३७ हजारको लागतमा रामजानकी कन्ट्क्सन सुखिपुर सिरहाले निर्माण कार्य सुरु गरको छ ।
नेपाल सरकारको लागत योजना भन्दा लवउमा निर्माण कार्य सुरु गरेको पनि नगरपालिकाको स्टिमेट डिजाईन अनुसारको गुणस्तरी निर्माण गर्नु पर्ने सम्झौता रहेको छ । गुणस्तरीयतामा कुनै पनि कमपरमाई हुन नसकिने सिरहा नगरपालिका ईन्जिनियर उमेश कुमार यादबले बताउनु भयो । नगरपालिकाको सुपरभाईज निर्माण कार्य स्थलमा अनुगमन गर्ने भएकोले गुणस्तरी निर्माण हुनेमा विश्वस्त छु । कुनै किसिमको त्रीटु देखिए कन्ट्क्सनमा माथि करवाही पनि गर्ने यादबले बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved