अगहनी धानमा किराको प्रकोप, किसान चिन्तित

  • भदौ २२, २०७८ | १,०३५ पटक पढिएको | सीमा संदेश
alt

भदौ २२ गते । पर्सामा लगाइएको अगहनी धानको बोटमा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । बेलैमा रोपाइँ गरी खुसी भएका पर्साका किसान धानको बिरुवामा रोग र कीराको प्रकोप देखिएपछि उत्पादन गुम्ने चिन्ताले पिरोलिएका हुन् । सिथब्लाइट रोगका कारण धानको बिरुवा सुक्न र सड्न थालेपछि किसान चिन्तित देखिएका छन् ।

विन्दवासनी गाउँपालिका–१ गर्दौलका रहमान मिया धोवीले मौसमले साथ दिएकाले यस वर्ष चाँडै धान रोपे पनि अगहनी धानको बिरुवामा रोग र कीरा लागेपछि चिन्ता थपिएको बताए । ‘पहिले बढी पानीका कारण खेतमा लगाइएको बीउ मरेर गयो र पछि फेरि बीउ लगाई रोपाइँ सम्पन्न गरेपछि रोग र कीराले धानको बिरुवा नै नष्ट गर्न लागेको छ,’ उनले गुनासो गरे ।

तीन बिघामा लगाइएको सोना मुन्सुली र १५ कठ्ठामा लगाइएको बास्मती धानको बिरुवामा रोग र कीरा लागेको उनको भनाइ छ ।

बहुदरमाई नगरपालिका भौराटाँरका किसान श्रीनारायण महतोले रोपिएको मन्सुली धानको बिरुवाको जरा तथा पात्त पहेंलो भई बिरुवा नै सुक्न थालेको बताए ।

पर्सामा यस वर्ष ३५ हजार २० हेक्टर क्षेत्रफलमा अगहनी धान रोपिएको छ । रोपाइँ भएकामध्ये ७० प्रतिशत धानको बिरुवामा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

पर्साका १४ वटै पालिकामा २४ हजार पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको सोना मन्सुली र बास्मती धानको बिरुवामा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए । यो प्रकोप पर्साको विन्दवासनी, धोवनी, पटेर्वासुगौली, कालिकामाई गाउँपालिका र बहुदरमाई, पर्सागढी तथा पोखरिया नगरपालिकामा देखिएको बताए ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब