विदेहका मेयर दासलाई रामधुलाई

  • भदौ २३, २०७८ | ७७९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयरमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ । कार्यालय सहयोगीसँग कार्यालयभित्रै खुट्टा मसाज गर्न लगाएर चर्चामा आएका विदेह नगरपालिकाका मेयर बेचन दासमाथि कुटपिट भएको घटना सार्वजनिक भएको हो ।

एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा मेयर दासमाथि जनकपुरमा हातपात भएको हो । मेयर दासले करिब एक महिनाअगाडि विदेह नगरपालिकाको कार्यालयमै कार्यालय सहयोगीसँग खुट्टा मसाज गर्न लगाएका थिए ।

भदौ २० गते राति जनकपुर उपमहागरपालिका( ८ ज्ञानकुप टोलमा एक सांस्कृतिक कार्यक्रममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा युवाहरूको समूहले हातपात गरेको स्थानीयहरूले बताएका छन् । मेयर दासमाथि हातपात गर्नुका साथै युवाहरूको समूहले मेयर दास चढ्ने नगरपालिकाको प्रदेश २-०२-००१ झ ००४३ नम्बरको सरकारी गाडीमा तोडफोडसमेत गरेका थिए ।

मेयर दासले आफूमाथि कसैले हातपात नगरेको र हातपात गरेको सम्बन्धी समाचार पूर्णरुपमा गलत भएको भन्दै आफ्नो बचाउ गरे । मकालुखबरसँग उनले भने, ‘आफूमाथि कुनै प्रकारको घटना भएको छैन, हातपातको घटनामा कुनै सत्यता पनि छैन, केही उच्छृङ्खल युवाहरूले मेरो गाडीमा तोडफोड गरेका थिए, त्यसैले मैले चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छु ।’

आफूमाथि हातपातको कुनै प्रकारको घटना नभएको दाबी गर्ने मेयर दासले चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । जाहेरीमा भने उनले आफ्नो सावरीमा तोडफोड भएको मात्र उल्लेख गरेका छन् । धनुषाका प्रहरी उपरीक्षक जितेन्द्र बस्नेतले मेयरको गाडीमाथि तोडफोड गर्ने चार जनाविरुद्ध मेयर दासले जाहेरी दिएको बताए ।

यता मेयर दासले चारजना युवामाथि मुद्दा दर्ता गराउने प्रक्रियामा गएपछि स्थानीयहरू बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा डेलिगेसन गएका थिए । उनीहरूले मेयर दासविरुद्ध महिलामाथि अभद्र व्यवहार गरेको जाहेरी दर्ता गराउने प्रक्रिया थालेको स्थानीयहरूले बताएका छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब