मानव वेच बिखन आरोपमा दुई महिला पक्राउ

  • भदौ २६, २०७८ | ५२६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २६ भदौ । सिरहा प्रहरीले मानव वेच बिखन तथा ओसोर पोसारमा संलग्न रहेको अरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ । १६ र १९ वर्षका दुई युवतिलाई भारततर्फ बेचविखनको लागि लानेक्रममा प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा नगरपालिका ३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षिय ललिता चौधरी र सिरहा धनगढिमाई नपा १ बाखैरकी ३५ वर्षिय उषा देवी मलाहलाई पक्राउ गरेको हो ।

उनीहरुले ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाईदिने भनी बोलाएको युवतिहरुलाई उद्धरित गर्दै प्रहरीले बताए । लहान आईसकेपछि यहाँभन्दा अझै राम्रो काम जनकपुरमा पाइन्छ भन्दै ल्याएका उनीहरुलाई चोहर्वामा नै ओरालेर माडरतर्फ लान ठिक पारेको बेला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दुवैजनामाथि मानव वेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आपश्यक अनुसन्धान गर्ने तयारी भईरहेको बताइएको छ । यस कार्यमा संलग्न अन्य अभियुक्तहरुको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब