सबल नेपालद्वारा विविध कार्यक्रम गरी बालदिवस मनाइयो

  • भदौ २९, २०७८ | ५७१ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी, २९ भदौ । सबल नेपालको सहयोगमा सप्तरीमा विविध कार्यक्रमहरु गरी ५७ औँ राष्ट्रिय बालदिवस मनाइएको छ ।

खडक र सुरुङ्गा नगरपालिकाको समन्वयमा विविध कार्यक्रमहरु गरी बालदिवस मनाइएको फिल्ड अधिकृत खडक नारायण चौधरीले जानकारी दिएका छन् । ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेबारी’ भन्ने नाराका साथ बालदिवस कार्यक्रम मनाइएको हो ।

सबल नेपालको सहकार्यमा सुरुङ्गा नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा मधुपट्टीमा कोरोना महामारीले शिक्षामा पारेको असर विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै, खडक नगरपालिका शिक्षाशाखाको आयोजना तथा सबल नेपालको सहकार्यमा म्युजिकल चेयर र हाँडीफोर प्रतियोगिता कार्यक्रम गरिएको छ ।

सुरुङ्गा नगरपालिका–१० स्थित जनता आधारभूत विद्यालयको आयोजनामा नृत्य प्रतियोगिता, हाजिरीजवाफ र पठनशीप कार्यक्रम संचालन गरिएको छ । वडा बालक्लव सञ्जाल सुरुङ्गा–३ को आयोजनामा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।

त्यस्तै, सुरुङ्गा–२ स्थित जनता मा.वि. भेडियाद्वारा नगरपालिकाको शिक्षाशाखाको सहकार्यमा हाजिरी जवाफ कार्यक्रम आयोजना गरियो भने वडा बालक्लब सञ्जाल सुरुङ्गा–६ द्वारा श्रीपुर विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ ।

सुरुङ्गा–११ वडा कार्यालयको समन्वयमा भजका विद्यालयमा नृत्य कार्यक्रम गरिएको छ भने खडक–२ आधारभूत विद्यालय दुहबीमा नृत्य प्रतियोगिता र नाटक प्रदर्शन गरिएको फिल्ड अधिकृत चौधरीले जानकारी दिएका छन् ।

photo-2-1

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब