सिरहासहित देशभर आज विश्वकर्मा पूजा मनाइँदै

  • असोज १, २०७८ | १,१३७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, असोज १ गते । आज विश्वकर्मा पुजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजाआजा गरी मनाइँदै छ । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पूजाआजा गरी मनाउने गर्दछन् ।

विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पूजाआजा गरी मनाउने गर्दछन् ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतम बताउँछन् ।

यही सम्झनामा नेपालका कालीगढले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्दछन् ।

आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

आज सवारी साधन मेसिनहरुको पूजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।

यस्तै सिरहा नगरपालिकाले आफ्ना सबै सवारी साधनलाई फूलमालले सजाई विधिवत मेयर असेश्वर प्रसाद यादब र प्रमुख प्रशासकीय अधिकृत बलिराम यादब लगायत सम्पूर्ण कर्मचारीहरुका सहभागितामा हर्ष उलाषका साथ  विश्वकर्मा पूजा मनाएका छन् ।

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब