वडाध्यक्षद्वारा नै सालको काठ चोर्ने प्रयास, जेसीबी र चालक नियन्त्रणमा

  • असोज १२, २०७८ | ५८४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, असोज १२ गते । सिरहाको गोलबजार नगरपालिका ९ स्थित जोभा प्राकृतिक वनबाट संकलित सखुवाको काठ वडाध्यक्षले नै चोरी गर्ने प्रयास गरेका छन् ।

गोलबजार ९ का वडाध्यक्ष रामपुकार कामतिले सखुवाको काठ चोरेर लाने प्रयास गरेका हुन् । सोमबार राति करिब ९ बजेतिर सालको काठ जेसीबीमा जोड गरेर लगिरहेको अवस्थामा स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएका छन् ।

सालको काठसहित ना १ ग ७०६ नम्बरको जेसीबी र चालक नियन्त्रणमा रहेकोे तथा आवश्यक अनुसन्धान भइरहेको मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

वनमा हावाहुरीको समयमा खसेको काठ संकलन गरेर एकठाउँमा राख्न सोमबार नगरपालिकाको जेसीबी मगाइएको थियो । संकलन गरेर अबेर साँझ भएपछि त्यसमध्येको एउटा ठूलो तौलको सालको गोलिया लगिरहेको देख्दा स्थानीयले जेसीबीलाई रोकेका थिए ।

स्थानीयले बयान लिँदा जेसीबी चालक श्रवण कुमार साहले आफूलाई अध्यक्ष कामतिले नै लैजान भनेको बताएपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए ।

सरकारी टाँकासमेत लागिसकेको सालको काठ लोड गरी लगिरहेको देख्दा आफूहरुले जेसीबी रोक्न लगाएर प्रहरीलाई फोन गरेको स्थानीय सकलदेव सिंहले बताए । हावाहुरीले ढालेको साल तथा अन्य गरी एक करोड रुपैयाँभन्दा बढी मूल्यको काठ रहेकोमा यसरी नै चोरी पैठारी हुँदै हाल १० लाख मूल्यको पनि काठ नरहेको उनको भनाइ छ ।

वडाध्यक्ष कामति भने यस विषयमा केहि बोल्न चाहेनन् । उनले आफू त्यही विषयमा छलफलमा रहेकोे भन्दै पञ्छिए । श्रोतका अनुसार, वडाध्यक्ष कामति र मेयर देवनाथ साहले काठ समातेका स्थानीयसँग सहमति गरेर यस विषयलाई टुंग्याउने प्रयासमा छन् ।

तर, स्थानीयको भने संलग्नलाई कानुनी कारवाही हुनुपर्ने अडान छ । वन कार्यालय र नगरपालिकासँगको मिलेमतोमै वडाध्यक्ष कामतिले सखुवाको गोलिया चोरी गर्ने प्रयास गरेको स्थानीयको आरोप छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब