लहानमा बाटो निमार्णको माग गर्दै स्थानीयले लगाए सडकमै ढाट

  • असोज १३, २०७८ | ५२५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, असोज १३ गते । सिरहाको लहान नगरपालिकामा सडक निमार्णको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् । लहान नगरपालिका वडा नम्बर २४ गोविन्दपुरस्थित सरे खोलामा हुँदै आएको अवैध उत्खनन्लाई रोक्ने उद्देश्यले सडकमै ढाट लगाएर बाटो अवरोध गरेका हुन् ।

उक्त खोलाबाट हुने गरेको लाखौंको अवैध बालुवा गिट्टी उत्खनन् तथा निकासीमा रोक लगाएको स्थानीय बताउँछन् । स्थानीयवासी सडकमै ढाट लगाएर गिट्टी उत्खनन् गरी ढुवानी गर्ने सम्पूर्ण गाडीहरूलाई रोकेका छन् । अवैध उत्खनन् रोकिनुपर्ने र जिर्ण बाटो निर्माण हुनुपर्ने माग उनीहरूको छ ।

खोला उत्खननले आसपासको बस्ती जोखिममा परेको र बाटो पनि जीर्ण बनेको स्थानीय सितल साहले बताए । सरे खोलाबाट करोडौंको अवैध गिट्टी बालुवा जनप्रतिनिधि र प्रहरी प्रशासनकै मिलेमतोमा खोला उत्खनन् गरिरहेका छन् तर यही टोलमा विकास केही नगरेको आरोप स्थानीयको छ ।

उनले भने, ‘हाम्रै गाउँको खोला उत्खनन् गरेर मेयर र वडाध्यक्षले करोडौं रुपैयाँ असुली गर्छन्, गिट्टी, बालुवा लोड भएको ट्याक्टर र टिपरका कारण सडक जीर्ण भइसकियो, तै पनि उनीहरुले ध्यान दिएको छैन ।’

उनका अनुसार वर्षाको समयमा गाउँ जताततै हिलाम्मे भएको हुन्छ । गाउँमा कोही बिरामी भयो भने एम्बुलेन्स आउने अवस्थासमेत नरहेको उनले बताए । समस्या समाधानका लागि मेयर र वडाध्यक्षलाई पटकपटक जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको उनको गुनासो छ ।

‘अन्यत्र विकास गरेपनि यहाँबाट करोडौं रुपैयाँ आम्दानी भए पनि गोविन्दपुरमा कतै विकास गरेको छैन’ उनले टुडेपाटीसित थपे, ‘हामीहरुको गाउँप्रति ध्यानै नदिएको कारण आन्दोलित भएका छौं ।’

सडकमा ढाट लागाएकोले सवारीसाधन आवतजावतमा निकै कठिनाइ भएको छ । सडक अवरुद्ध भएका कारण बाहिरबाट आवतजावत गर्ने यात्रुलाई समस्या हुने भएपनि स्थानीय सरकारले गम्भीरतापूर्वक लिएको छैन ।

स्थानीय जनप्रतिनिधि निर्वाचित भएको कार्यकाल सक्न मात्र ६ महिना बाँकी रहँदासम्म पनि गाउँमा पक्की सडक निर्माण गर्न नसकेकोमा दुःखी भएको बताउँछन् । हालसम्म नगरपालिकाले अवैध खोला उत्खनन् गरे पश्चात् बस्ती नै जोखिममा परेपछि हामीले गाउँवासी मिलेर सय–सय रुपैयाँ चन्दा संकलन गरेर खोला नियन्त्रण गरेको एक स्थानीयले जानकारी दिए ।

‘सयौं विघा जग्गा कटान भइसक्यो । अहिलेसम्म नगरपालिका मुकदर्शक मात्र बन्यो । खोला उत्खनन् गरेर यो वडाबाट करोडौं रुपैयाँ आम्दानी गरेर लान्छ तर केही विकास गरेको छैन । खोला नियन्त्रण हुनुपर्छ र हाम्रो सडक कालोपत्र चाँडै हुनुपर्छ,̕ उनले टुडेपाटीसित थपे ।

गएको भदौ १५ गते वडा नम्बर २४ का वडाध्यक्ष कमलदेव यादवले सडकमा पर्ने आ-आफ्नो घर टहरा, पर्खाल, फोहोर, गाईवस्तु बाँध्ने डुगां ३५ दिनभित्र हटाउन सूचना प्रकाशनसमेत गरेको थियो ।

243109194_4557289380994714_7642198158437652758_n

बजेट कम भएको कारण सडक बनाउन सकेनौं : वडाध्यक्ष यादव

लहान नगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष कमलदेव यादवले गएको वर्ष वडामा चाहिने जति बजेट विनयोजन नभएको कारण सडक निमार्ण गर्न नसकेको बताए । उनका अनसार गएको आर्थिक वर्षमा गोविन्दपुरको सडक निमार्ण गर्न नगरपालिकाबाट ५ लाख नाला र ५ लाख ग्राभेल गरी जम्मा १० लाख रुपैयाँ छुट्याइएको थियो । पछि त्यँहा काम गर्न गरेपछि स्थानीयले अवरोध गरेर पुरै सडक एकै पटक निमार्ण हुनुपर्ने माग राखेपछि सडक बन्न नसकेको वडाध्यक्ष यादवले जानकारी दिए ।

ʻजब त्यँहा काम गर्न पुगेपछि स्थानीयले भन्न थाले सय मिटर मात्र सडक बनाउँदैनौं । हामीहरुलाई एकैचोरी पुरै चाहियो । यहाँदेखि त्यहाँसम्म’ उनले अगाडि भने, ʻपुरै गाउँको नाला र सडक बनाउन कम्तीमा ६० लाख भन्दा बढी र एक करोडकोबीचमा रकम चाहियो । हाम्रो वडाको बजेटको क्षमता अनुसार काम गर्न सकेनौं ।’

सडक बन्न नसकेपछि स्थानीय वडाध्यक्ष गरी दुवै तर्फबाट नगरपालिकामा निवेदन परेको थियो । वडाध्यक्षको यादवले मेयर मुनी साहलाई आग्रह गर्दा वडा नम्बर २४ गोविन्दपुरका सडक कालोपत्र गर्न आर्थिक वर्ष ०७८÷०७९ मा ७० लाख रुपैयाँ विनयोजन भएको छ ।

वडाध्यक्ष यादवले खोला उत्खननको विषयमा पहिला पनि खोला ठेका लागाइन्थ्यो अहिले पनि लगाइएको छ तर खोलामा जेसीबी र स्काभेक्टर प्रयोग नहुने गरेको दावी गरे । उनले मजदुरहरुले खोलाबाट गिट्टी चालेर ठेकेदारसँग बेचेर जीवनयापन गर्ने गरेको बताए । उनले टुडेपाटीसित भने, ʻयहाँकै केही स्थानीयले जीवनयापनका निमित्त गिट्टी बालुवा चालेर जीवन चलाउँछन् । बाहिरबाट कुनै क्रसर, मेसिन वा कुनै उद्योग खोलामा सञ्चालन भएको छैन ।’

ढाट खोलाउने सम्बन्धमा स्थानीहरुलाई अनुरोध गर्दा उनीहरु वडामा सहमति गर्ने अडानमा नरहेको यादवले जानकारी दिए । स्थानीयहरुको भनाइलाई उदृत गर्दै वडाध्यक्ष यादवले उनीहरु वडामा सहमति नगर्ने एकैचोटी नगरपालिमा गएर वर्ता गर्ने बताएको जानकारी यादवले दिए ।

यता लहान नगरपालिकाका मेयर मुनी साहलाई पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेपछि वडाध्यक्ष यादवले मेयर साहको भनाइलाई उदृत गर्दै भने बजेट विनयोजन भएको छ कुनैै एक साइडबाट निमार्ण कार्य सुरु गर्ने बताए । बजेट नपुगेपछि अर्काे पटक सडक निर्माण गर्ने मेयर साहको भनाइलाई उदृत गर्दै वडाध्यक्ष यादवले भनेका छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब