मिर्चैया नगरपालिकाद्धारा बजार अनुगमन तीव्रता

  • असोज १८, २०७८ | ५६५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।   मिर्चैया नगरपालिकाले चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनको क्रममा बजारका पसलहरुमा व्यवसायीक दर्ता र पाना नं, मुल्य सुची, खाद्य बस्तुको प्याकेजिङ,उत्पादन मिति, उपभोग गर्ने वा प्रयोग गर्ने निश्चित समय लगायतको बारेमा व्यापारी–व्यवसायीसंग सोधपुछ गरिएको मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डम्बरध्बज आङ्गदम्वेले बताए ।

व्यबससायीक प्रमाणपत्र र पाना नंम्बर नराखी संञ्चालित व्यवसायीलाई एक साता समय तोकेर अनुगमन समितिको तर्फबाट व्यवसायीलाई सुझाब सहित जानकारी गरिएको मिर्चैया नगरपालिकाका प्रशासन शाखा प्रमुख जित कुमार साहले बताए । मिर्चैया नगरपालिकामा संचालित किरण पसल, होटलहरु अन्य पसललाई अनुगमन क्रममा नवीकरण म्याद सकिएका फार्मलाई तत्काल नवीकरण गर्न निर्देशन दिएको मिर्चैया नगरपालिकाका प्रशासन शाखा प्रमुख साहले जानकारी दिए ।

अनुगमन टोलीमा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादव, मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डम्बरध्बज आङ्गदम्वे, मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह,मिर्चैया उद्योग बाणिज्य संघ सचिव भरत महासेठ, मिर्चैया नगरपालिकाका प्रशासन शाखा प्रमुख जित कुमार साह,पशु सेवा कार्यालय मिर्चैयाका प्रमुख नागेश्बर हाथी,मिर्चैया नगरपालिकाका लेखापाल शेखर पराजुली,मिर्चैया नगरपालिका वडा नं.६का वडा सदस्य दिलिप कुमार साह,इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर)अवध किशोर ओझा,सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर)उत्तम सिल्वाल,मिर्चैैया नगरपालिकाका कर्मचारी धनञ्जय महतो, मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब,कर्मचारीहरु, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब