बाढी पूर्व सूचना प्रणालीको महत्व र व्यवस्थापन सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्

  • असोज २०, २०७८ | ९८३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सामुदायिमा आधारीत बाढी पूर्व सूचना प्रणालीको महत्व तथा व्यवस्थपन विषयमा एक दिने कार्यशाला गोष्ठी सिरहाको लहानमा सम्पन भएको छ । ईसीमोड सहयोगमा र सबल नेपाल सप्तरीको आयोजनामा सिरहाको गागंन नदीमा जडान गरिएको बाढी सूचना प्रणालीको महत्व तथा दिर्घकालीन व्यवस्थापन सम्बन्धी विशेष छलफल गरिएका छन् ।

बढी पूर्व सूचना प्रणालीको कारण गांगन नदीबाट हुने गरेको मानवीय क्षती रोकिएको छ । पूर्व सूचना प्रणालीको सूचनाले गर्दा बाढीबाट सुखिपुर नगरपालिका र औरही गाउँपालिकाका नागरिक सुरक्षित भई धन- जनका ठुलो क्षतीबाट बचेका छन् । पूर्व सूचना प्रणाली जडान नभएको अवस्थामा गागंन नदीबाट मानवीय र भौतिक क्षती ठुलो मात्रा भईरहेको थियो । तर आज यसले सबैका ज्यान बचाएका छन् । पूर्व सूचना प्रणाली यहाँका नागरिकका बाढीको पहरदार बनेको औरही गाउँपालिका वडा नं. -२ बस्ने राजेन्द्र साहले बताउनु भयो ।

बाढी सूचना प्रणालीलाई थप सुरक्षित तथा व्यस्थित बनाउनका लागि ईसिमोड, सबल नेपाल पहल गरे औरही गाउँपालिकाको विपद् व्यवस्थापन कोष परिचाल गरी नागरिकलाई सुरक्षित बनाउन सहयोग गर्न तयार रहेको वडा नं. -५ को वडाअध्यक्ष दिलिप कुमार यादबले बताउनु भयो । यसका लागि गैर सरकारी संस्था तथा गागंन नदी पर्ने विभिन्न स्थानीय तहका सहयोगमा बाढी सूचना प्रणाली व्यवस्थापन कोष खडा गर्नु पर्नेमा यादबले जोड दिनु भयो ।

बाढी पूर्व सूचना प्रणाली यति धेरै महत्व पूर्ण भएपनि हामी जनप्रतिनिधिहरु विकास कार्यक्रममा वेस्त भएका कारण यसलाई थप व्यवस्थित बनाउन ध्यान नै नगएको सुखिपुर नगरपालिका मेयर राम औतार यादबले बताए । यस यन्त्रलाई थप सुरक्षित बनाई बाढी सूचनालाई प्रभावकारी बनाउन स्थानीय सरकारको सहयोगमा केयर टेकर सहितका व्यवस्थापन गर्न जरुरी रहेको छ । यसका लागि सुखिपुर नगरपालिका विशेष सहयोग गर्न तयार रहेको यादबले प्रतिवद्धता गर्नु भयो ।

बाढी सूचना प्रणाली हेर्ने ईसिमोडका कार्यक्रम प्रमुख बिजय खडकी र सबल नेपालको कार्यकारी निर्देशक दिपक कुमार झाले प्रणालीलाई सुरक्षिता तथा प्रभावकारी बनाउन योजना तयार गरी स्थानीय तहको सहयोगमा कार्य आजै देखि सुरु गर्ने प्रतिवद्धता गर्नु भयो ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब