३ महिनामै २७ जनाले गरे आत्महत्या

  • असोज २२, २०७८ | ५२२ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरी । कोरोना महामारी सुरु भएयता महोत्तरीमा आत्महत्याका घटना अत्यधिक बढेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा ३२ वटा आत्महत्याका घटना दर्ता भएका थिए ।

त्यसयताका २ वर्षमा यो संख्या अत्यधिक बढेको देखिन्छ । जसअनुसार अघिल्लो आव ०७६/७७ मा ७४ र गत आव ०७७/७८ मा ८१ वटा आत्महत्याका घटना प्रहरीमा दर्ता भएका छन्  । आत्महत्या गर्नेमा ९–८५ वर्ष उमेर समूहका व्यक्ति छन् । चालु आवको सुरुवाती ३ महिनामै २७ जनाले आत्महत्या गरिसकेका महोत्तरी प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए  ।

बितेको २ वर्षमा कोरोना महामारी र लकडाउनका कारण आर्थिक उपार्जन बन्द भएपछि गरिबीले सिर्जना हुने झै–झगडा आत्महत्याको प्रमुख कारण देखिएको विष्टको भनाइ छ । ‘आर्थिक उपार्जनको स्रोत गुमाएर परिवार पाल्न नसकेपछि आत्महत्या गर्ने प्रवृत्ति बढि देखिएको छ,’ विष्टले भने, ‘असफलता, प्रतिष्ठा, प्रेम सम्बन्ध, घरायसी समस्या र दीर्घरोगजस्ता कारणले पनि आत्महत्या बढेको छ ।’ आत्महत्या गर्नेमा विवाहित महिला–पुरुष र बालबालिका बढी छन् ।

आत्महत्याका घटना किन र कसरी बढ्यो भन्ने विषयमा अनुसन्धान गरी समस्या समाधान गर्न सम्बन्धित निकायले चासो नै नदिएको आत्महत्या निरुत्साहनका काम गर्दै आएका विभिन्न संघसंस्थाले आरोप लगाएका छन् । दिनानुदिन आत्महत्या घटना बढ्दै जानु निकै गम्भीर विषय रहेको ओरेक नेपाल महोत्तरीले जनाएको छ ।

विभिन्न संघ संस्था, सुरक्षाकर्मी र स्थानीय सरकारको समेत अगुवाइमा आत्महत्याका घटना अनुसन्धान गरी कारण पत्ता लगाएर न्यूनीकरणको प्रयास गर्नुपर्ने ओरेक नेपाल महोत्तरीकी कार्यक्रम अधिकृत लिला दियालेले बताइन् । ओरेकले केही जिल्लामा आत्महत्याको कारण पत्ता लगाएर न्यूनीकरणको प्रयास थालिसकेको भन्दै महोत्तरीमा पनि घटनाको कारण पहिचान र न्यूनीकरणको प्रयास कार्यक्रम थाल्ने योजनामा रहेको उनले सुनाइन् ।

गरिबी, अनमेल विवाह, दाइजो, घरेलु हिंसालगायत कारणले धेरैले आत्महत्या गरिरहेको पाइए पनि कुन कारणले कति संख्यामा ज्यान गइरहेको छ भन्ने तथ्यांक जिल्लाका कुनै पनि सरकारी निकायमा नरहेको उनले बताइन् । महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले कोरोना महामारीले निम्त्याएको आर्थिक संकट र संकटले निम्त्याएको घरेलु झगडा अहिले आत्महत्या बढ्नुको मुख्य कारण देखिएको बताए ।

‘आत्महत्याका घटना बढ्दै गएपछि यसको न्यूनीकरणका लागि के–के गर्न सकिएला भनि स्थानीय सरकार र विभिन्न संघसंस्थासँग परामर्श गरिरहेका छौं,’ उनले भने, ‘एक व्यक्ति र कुनै संघसंस्था मात्रै नलागेर सबै पालिकाले यस मामिलालाई गम्भीर रूपमा लिर्नुपर्छ । आत्महत्याको कारण पत्ता लगाई नियन्त्रण गर्न सक्ने घटनालाई कम गर्दै जानुपर्छ ।’ कान्तिपुर

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब