भित्राउन ठिक्क पारिएको धान खेतमै डुब्यो, सिरहाका किसान चिन्तित

  • कार्तिक २, २०७८ | ५३३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । अविरल वर्षा र हवाहुरीका कारण धान खेतमै डुबेपछि सिरहाका किसानहरु चिन्तित भएका छन् ।  सिरहाका अधिकांश किसानहरुको काटेर राखेको धान खेतमै डुबेको छ ।
 
गतवर्ष भन्दा यस वर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए । तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले भने उनीहरुलाई निराश बनाएको छ । कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ ।

2

खेतमा काटेर राखेको धानमा सोमबार रातीदेखिको निरन्तर वर्षाका कारण ठूलो नोक्सानी भएको   बरियारपट्ट गाउँपालिका वडा नम्बर ३ को संतोष कुमार यादबले बताए । उनका अनुसार  ‘दशैं लगत्तै धमाधम धान भित्राउने तयारीमा रहेका थियौं तर, एक्कासी आएको अविरल वर्षाले सबै धान पानीले खायो,’ यादबले भने ।

सखुवान्नकारकट्टी गाउँपालिकाका किसानहरु पनि खेतमा काटेर राखेको धान पानीले भिजाएपछि चिन्तत बनेका छन् । दाउनको लागि ठिक्क पारेर राखेको धान पानीले भिजाएको छ । त्यो भिजेको धान दाउनुअघि फेरि सुकाउनु पर्ने भएको छ । यसबाट कामको बोझ बढेको त छ नै पानी परेको धान मक्किने र गाईबस्तुलाई खुवाउने पराल कामै नलाग्ने हुँदा किसान मर्कामा परेका छन् ।

3

जिल्ला कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख किसुनदेव राउतले कृषि कार्यालयमा धान नोक्सानीको विषयमा कुनै पनि तथ्यांक नरहेको बताए । तर अनुमानीत आधारमा ७ देखी १० प्रतिशत क्षती भएको हुन सक्छ । सबभन्द बढी क्षती तरकारीवाली लगाएका किसानका भएका छन् । तरकारीवाली पूर्ण रुपमा नष्ट भएको छ । तथ्यांक संकलनको लागि स्थानीय तहमा खबर पर्याएको बताउँदै उनले अहिलेसम्म कतैबाट पनि तथ्यांक नआएको बताउनुभयो । ‘पानीले तरकारीवाली र धानमा नोक्सानी भएको होला तर स्थानीय तहरुबाट अहिलेसम्म हामीले आधिकारीक तथ्यांक पाएका छैनौं,’ यादबले भने ।

सिरहामा यस वर्ष ९४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब