यौन व्यवसाय बन्द गर्ने प्रधानमन्त्रीको घोषणा

  • कार्तिक २, २०७८ | ५५९ पटक पढिएको | सीमा संदेश
alt

एजेन्सी : स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशमा यौन उद्योग बन्द गर्ने आइतबार बताएका छन् । भ्यालेन्सियामा भएको समाजवादी पार्टीको तीनदिने कांग्रेसको अन्तिम दिन उनले आफ्ना समर्थकमाझ महिलालाई यौन दास बनाउने  प्रचलन अन्त्य गर्ने बताएका हुन् ।

सन् १९९५ मा स्पेनमा यौन व्यवसायलाई अपराधको श्रेणीबाट हटाइएको थियो । सन् २०१६ मा संयुक्त राष्ट्रसंघले स्पेनको यौन उद्योगमा करिब ४ अर्ब २ करोड अमेरिकी डलर लगानी रहेको अनुमान गरेको थियो 

सन् २००९ मा गरिएको सर्वेक्षणअनुसार ३ जना स्पेनी पुरुषमा १ जनाले पैसा तिरेर यौनसम्बन्ध राखेको देखाएको थियो । एउटा प्रतिवेदन सन् २००९ मा प्रकाशित भएको थियो, जसमा यसरी यौनसम्बन्ध राख्ने पुरुषको संख्या ३९ प्रतिशतभन्दा बढी भएको अनुमान गरिएको थियो ।

सन् २०११ मा गरिएको अन रिसर्चले थाइल्यान्ड र पोर्टोरिकोपछि स्पेन यौन व्यवसायको तेस्रो ठूलो केन्द्र भएको पत्ता लागेको थियो । स्पेनमा यौनका मामिलामा कुनै नियमकानुन छैन । हाल स्पेनमा लगभग ३ लाख महिला यौनकर्मी रहेको अनुमान गरिएको छ ।

 

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब