सिरहा । १४९६ औँ मोहम्मद जयन्तीको उपलक्ष्यमा निकालिएको रथ यात्रामा रथबाट लडेर एक बालको मृत्यु भएको छ ।
सिरहा नगरपालिका वडा न- १२ सारस्वर बस्ने मो. ईसलाम राईनको १० वर्षको छोरा जाहिद राईनको रथबाट लडेर मृत्यु भएको हो । मृतक राईनको शव जिल्ला अस्पतालमा राखिएको छ ।
यता रथलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने रथ चालकको खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको डि.एस.पि. सुवास बुढाथोकीले बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved