हुक्का लोली खेलेर भित्र्याउँछन् मधेशी समुदायले लक्ष्मी

  • कार्तिक १८, २०७८ | ६२३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

अन्धन लक्ष्‍मी घर ढुक
दलिदर भूत बहार हो
अर्थात धनकी देवी लक्ष्‍मी घरभित्र आओ
भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ

252745943_925300171528289_3726012340226073908_n

हिन्दु नेपालीहरुले तिहारको लक्ष्मीपूजाको दिन धनकी देवी लक्ष्मीलाई घर-घरमा भित्र्याइरहँदा तराईमा बसोबास गर्ने मधेशी समुदायले घर-घरमा हुक्का लोली खेलेर  भूत, पिचास र दलिदर (राक्षस) लाई बाहिर निकालेर लक्ष्‍मी भित्र्याउने गर्छन् ।
परापूर्वकालदेखि नै धनकी देवी लक्ष्मीलाई भित्र्याउन पूर्वका मधेशी समुदायले हातमा सन्ठी (जुट निकालिसकेपछि बाँकी रहेको सिन्का) बाट बनाइएको हुक्‍का लोली खेलेर भित्र्याउँछन् । 

251999525_615749409867167_4695283138293082953_n

पूर्वका मधेशी समुदायले लक्ष्‍मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस्, घरमा भएका भूत, पिचास र दलिदर (राक्षस) बाहिर जाओस् र धनकी देवी लक्ष्मी भित्र पसुन् भनेर नकारात्मक पक्षलाई पन्छाउन हुक्‍का लोली खेल्ने गरेको संस्कृतिविद् चन्देश्वर यादबले बताउँछन् ।

उनी भन्छन्, ‘हुक्‍का लोली मधेशी समुदायको एउटा मौलिक पर्व हो। वर्षभरिमा घरमा लुकेर बसेको भूत, पिचास र दलिदर ९राक्षस०लाई सन्ठीमा आगो लगाएर घरबाट धपाउने गरिन्छ । त्यसपछि लक्ष्मीलाई भित्र्याउने गरिन्छ । हाम्रो समाजमा यो चलन प्राचीन हो ।’

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब