नभकाटोलमा आरसीसी ढलानको शिल्यानास

  • मंसिर ११, २०७८ | ६२८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा,११ मंसिर । सिरहा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नागेश्वर यादव र सहायक वडा सचिव सुन्देश्वर यादवले संयुक्त रुपमा वडाको नभकाटोलमा आरसीसी ढलानको शिल्यानास गरेको छ । 
बर्षातको समयमा वडाबासीको सहजताका लागि वडाको विभिन्न टोलमा आरसीसी ढलान गर्ने कार्यलाई प्रथमिकतामा राखेर काम गर्दै आएको अवस्थामा नभकाटोलको आरसीसी ढलान सुरुवात गरिएको उनले बताए । चालु आर्थिक वर्षमै वडाको अरु बस्ती तथा टोलमा आरसीसी ढलान गरिने कार्य सुरु हुने उनले थपे । 
आरसीसी ढलानले पचासौं घरका बासिन्दालाई आवत जावत गर्न सहज हुने आरसीसी ढलान उपभोक्ता समितिका अध्यक्ष उदगार महराले बताए । वर्षातको मौसममा हिलो भएर महिला, बालबालिका, जेष्ठ नागरिकलाई हिड्डुल गर्न असहज हुँदै अएको अवस्थालाई आरसीसी ढलानले दुर गर्ने उनले विश्वास व्यक्त गरे । 
बिष्णु यादवको घर देखि पूर्व सल्हेश मार्गसम्म आरसीसी ढलान गर्न वडाले ५ लाख बिनियोजन गरिदिएको उपभोक्ता समितिकी कोषाध्यक्ष बिभा यादवले बताइन् । टोलबस्तीका बासिन्दाको सुविधासँग जोडिएको निर्माण कार्यलाई गुणस्तरीय बनाउनका लागि आफु कडा निगरानी राख्ने उनले थपिन् । सडक संजालको दिगो व्यवस्थापनको रुपमा हुन लागेको आरसीसी ढलानलाई बस्तीमा स्तरीय बनाउनका लागि आफुले पनि निगरानी राख्ने वडा सदस्य रामप्रवेश ठाकुरले बताए ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब