सिरहा नगरपालिका वडा नं-६ द्धारा लक्षीत वर्ग सम्मानका लागि कमल वितरण

  • मंसिर २४, २०७८ | ७४३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिका वडा नं- ६ ले आ.व.२०७८/०७९ को स्वीकृत कार्यक्रमबाट लक्षीत वर्गलाई सम्मान गरेको छ । लक्षीत वर्गहरुमा जेष्ठनागरिक, एकल महिला, अपाङ्ग र विपन्नलाई जाडोबाट सुरक्षित बनाउन कमल वितरण गरी सम्मान गरको छ।

वडा भरी जेष्ठनागरिक, एकल महिला र आपङ्ग गरी कुल २ सय ९५ जनालाई कमल उपलब्ध गराएको छ । त्यस्तै अन्य १ सय ५ जना गरी कुल ४ सय जनालाई कपल ओढाइ सिरहा नगरपालिका मेयर, प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षले सम्मान गरको छ ।

लक्षीत वर्गलाई सम्मान नगरी कुनै पनि सरकार समाज परिवर्तन गर्न सक्दैन् । यि वर्ग समाजको प्रमुख खम्बा हो । लक्षीत वर्गलाई सरकारको सम्पूर्ण योजनामा समान सहभागिता गराउन जरुरी छ । यि वर्गहरुका विकास गर्न सके मात्र समाजमा परिवर्तनको अनुभुती हुन्छ । यसका लागि सिरहा नगरपालिका वडास्तर देखि नगरस्तरमा पनि विभिन्न कार्यक्रम बनाई योजनावद्ध कार्यक्रम कार्यन्वयन भईरहेको छ । कार्यक्रम मात्र नभई म आफै नगरपालिकाका सम्पूर्ण वडाहरुका लक्षीत वर्गलाई प्राथमिकता दिई भेट-घाट गरी उनीहरुका समस्या सामाधनका लागि कार्य गरिरहेको नगरपालिका मेयर असेश्वर प्रसाद यादबले बताउनु भयो ।

2

लैङ्गिक सामानता बजेट विनियोजन सिद्धान्तका आधारमा लक्षीत वर्गका समस्या तथा सम्मानका लागि सबै वडास्तर लगायत नगरस्तरमा कार्यक्रम बनाईएको छ । लक्षीत वर्गहरु माथि भईरहेको विभिन्न घरेलु हिंसा जस्ता घटना कम गर्न र समाजमा परिवारीक मेलमिलाप कायम गर्न पनि विभिन्न योजनमा लक्षीत वर्गका भुमिकालाई प्राथमिकिरण गरी कार्यन्वयन भईरेको छ । नेपाल सरकारले उपभोक्ता समिति दर्ता गरी कार्यक्रम संचालन गर्न दिईएको निर्देशनलाई पनि लक्षीत वर्गका सहभागितलाई सुश्चितता गराई सिरहा नगरपालिकाले उभोगक्ता समिति दर्ता गर्ने आधार बनाउने छ । लक्षीत वर्गका सच्चा सम्मानका लागि नगरपालिका विभिन्न अवसरसँग जोडि कार्यक्रम गर्ने सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो ।

कमल मात्र होइन, लक्षीत वर्गलाई विभिन्न योजनमा सहज सहभागिता गराई वडा नंं. ६ ले कार्य गर्ने छ । अब सुरु हुने सित लहरलाई लक्षीत गरी लक्षीत वर्गका ज्यान सुरक्षित गर्न कमल उपलब्ध गराएको छ । लक्षीत वर्गलाई थप शसक्तिकरणका लागि अन्य कार्यक्रम गरी लक्षीत वर्गलाई थप सम्मानित बनाउने योजना रहेको वडाअध्यक्ष विजय कुमार यादबले बताउनु भयो । 

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब