सिरहाको त्रिशुली नदीमा पुलको शिलान्यास, स्थानीय खुसी

  • मंसिर २५, २०७८ | ५३८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका– ३ स्थित बलुवा र श्रीपुर जोड्ने त्रिशुली नदीमा पुल निर्माण हुने भएको छ । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्राललयले पुल निर्माण कार्य अगाडि बढाएको हो ।

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव र बरियापट्टी गाउँपालिकाका प्रमुख सन्तोष महतोले संयुक्त रुपमा शुक्रबार पुलको शिलान्यास गरेका हुन् । मापदण्डअनुसार तोकिएको समयमै पुल निर्माण गर्न मन्त्री यादवले ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

पुल निर्माणको ठेक्का रसुवा रोषण जेभी जनकपुरले लिएको छ । सो कम्पनीले ६ करोड ९१ लाख ८६ हजार २३६ रुपैयाँ ५४ पैसामा पुल निर्माणको ठेक्का पाएको हो । २० महिनाभित्र निर्माण सक्ने सम्झौता उक्त कम्पनीले गरेको छ ।

बलुवा र श्रीपुर जोड्ने त्रिशुली नदीमा पुल नहुँदा बर्षायाममा बाटो अवरुद्ध हुँदै आएको थियो । नदीमा बाढी आएपछि जोखिम मालेर आवातजावत गर्ने स्थानीय पुल निर्माण हुने भएपछि खुशी भएका छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब