सिरहा । सिरहा नगपालिका भित्र विविन्न शाखाहरुमा भएका कार्य सम्पादनलाई संस्थागत गर्न नगरपालिका प्रशासकीय प्रमुख बलिराम यादबले कर्मचारीहरुलाई निर्देशन दिइएको छ । पुष मसान्त सम्म समय अवधि भएकोले सम्पादन भएका कार्यलाई नगरवासी समक्ष प्रस्तुत गर्न र नगरपालिकालाईथप व्यवस्थित बनाउनका लागि संस्थागत गर्ने कार्यमा लाग्न निर्देशन गरेको हो ।
नेपाल सरकारले स्थानीय तहलाई कार्य सम्पादन मुल्यांकन अनुसार पुरस्कार तथा नम्बर आधारमा राखिने भएकोले सिरहा नगरपालिकामा भएका कार्यलाई संस्थागत रुपमा प्रस्तुत गरी सफल कार्य सम्पादन रहेकोले यसलाई शाखा अनुसार कुशल रुपमा संस्थागत गर्न जानकारी दिदै कर्मचारीहरुलाई उत्प्रेरीत गर्र्नु भयो ।
देशमा विभिन्न तहका चुनाव गराउन सरकार लागी सकेकोले नगरपालिका भित्रका विभिन्न योजनाहरु तिव्र गतिमा कार्यन्वयन गर्नु पर्ने भएकोले शाखागत रुपमै कार्य सम्पादनलाई व्यवस्थित रुपमा गर्न गराउन प्रमुख यादबले जोड दिनु भयो । यता स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन तथा दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि नगरपालिका शाखागत कर्मचारी तथा २२ वडाका वडासचिवहरुलाई दुई दिने तालिम पनि दिइएको छ ।
विश्वव्यपी रुपमा २१ वटा दिगो विकास लक्ष्यमा कार्य भईरहेको हदाँ सन् २०३० सम्म दिगो विकास लक्ष्य अनुसार विकास गर्न पर्ने भएकोले सिरहा नगरपालिकाका योजनाहरुलाई दिगो विकास लक्ष्यसँग जोडन् तालिममा प्रशिक्षण गरिएको छ । दिगो विकास लक्ष्यलाई स्थानीय तहमा कार्यन्वयनका लागि आवश्यक पर्ने कार्यविधि पनि कर्मचारीहरुले बनाई २१ वटा सुचकमा रही कार्य गर्न हुन कर्मचारीहरुसँग प्रशिक्षक युवाराज गाउँलेले अनुरोध गर्नु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved