सिरहा नगरपालिका भित्रका कार्य सम्पादनलाई संस्थागत गर्न प्रशासकीय प्रमुखको निर्देशन

  • पुस ४, २०७८ | ६२५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगपालिका भित्र विविन्न शाखाहरुमा भएका कार्य सम्पादनलाई संस्थागत गर्न नगरपालिका प्रशासकीय प्रमुख बलिराम यादबले कर्मचारीहरुलाई निर्देशन दिइएको छ । पुष मसान्त सम्म समय अवधि भएकोले सम्पादन भएका कार्यलाई नगरवासी समक्ष प्रस्तुत गर्न र नगरपालिकालाईथप व्यवस्थित बनाउनका लागि संस्थागत गर्ने कार्यमा लाग्न निर्देशन गरेको हो ।

नेपाल सरकारले स्थानीय तहलाई कार्य सम्पादन मुल्यांकन अनुसार पुरस्कार तथा नम्बर आधारमा राखिने भएकोले सिरहा नगरपालिकामा भएका कार्यलाई संस्थागत रुपमा प्रस्तुत गरी सफल कार्य सम्पादन रहेकोले यसलाई शाखा अनुसार कुशल रुपमा संस्थागत गर्न जानकारी दिदै कर्मचारीहरुलाई उत्प्रेरीत गर्र्नु भयो ।

देशमा विभिन्न तहका चुनाव गराउन सरकार लागी सकेकोले नगरपालिका भित्रका विभिन्न योजनाहरु तिव्र गतिमा कार्यन्वयन गर्नु पर्ने भएकोले शाखागत रुपमै कार्य सम्पादनलाई व्यवस्थित  रुपमा गर्न गराउन प्रमुख यादबले जोड दिनु भयो । यता स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन तथा दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि नगरपालिका शाखागत कर्मचारी तथा २२ वडाका वडासचिवहरुलाई दुई दिने तालिम पनि दिइएको छ ।

विश्वव्यपी रुपमा २१ वटा दिगो विकास लक्ष्यमा कार्य भईरहेको हदाँ सन् २०३० सम्म दिगो विकास लक्ष्य अनुसार विकास गर्न पर्ने भएकोले सिरहा नगरपालिकाका योजनाहरुलाई दिगो विकास लक्ष्यसँग जोडन् तालिममा प्रशिक्षण गरिएको छ । दिगो विकास लक्ष्यलाई स्थानीय तहमा कार्यन्वयनका लागि आवश्यक पर्ने कार्यविधि पनि कर्मचारीहरुले बनाई २१ वटा सुचकमा रही कार्य गर्न हुन कर्मचारीहरुसँग प्रशिक्षक युवाराज गाउँलेले अनुरोध गर्नु भयो ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब