बलात्कारकाे मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगेकाे आराेपमा २ जना पक्राउ

  • पुस ४, २०७८ | ५१० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सप्तरीमा बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । खडक नगरपालिका वडा ९ लालपट्टीका ३२ वर्षीय रहमान मियाँ र रुबिना खातुनलाई प्रहरीले आज आइतवार पक्राउ गरेको हो ।

रुबिनाले गएको मङ्सिर ३ गते त्यही ठाउँकी समसुल मियाँका पत्नी गुलेसा खातुनलाई फोन गरी समसुलले बलात्कार गरेको र मुद्दा मिलाउन चार लाख रुपैयाँ नदिए मुद्दा हालेर जेल पठाउने धम्की दिएका थिए । रुबिनाले गएको मङ्सिर १० गते बार्गेनिङ गरी एक लाख रुपैयाँ ठगी गरेकी थिइन् । पीडित पक्षले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाे । 

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब