निःशुल्क वितरणका लागि राखिएको गहुँको बीउ किसानले लुटे

  • पुस ६, २०७८ | ७६५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ६ पुस । सिरहा औरही गाउँपालिकाले किसानलाई निःशुल्क वितरणका लागि राखिएको गहुँको बीउ किसानले लुटेर लगेका छन् । औरही गाउँपालिका परिसरमा एक घरमा किसानलाई वितरणका लागि राखिएको गहुँको बीउ वितरणमा ढिलाई गरेपछि किसानहरूले लुटेर लगेका हुन् ।

बीउका लागि किसान लाइनमा लागे पनि समयमा वितरण कर्मचारी नआई पुग्ने, कसैलाई धेरै, कसैलाई थोरै दिने गरपछि आक्रोशित किसानले जवरजस्ती विउ लगेको स्थानीय युवा मनोज पासवानले बताए ।

पासवानका अनुसार किसानहरु विहानै देखि लाईनमा वसेपनि समयमा कर्मचारी नआउने, आएपनि व्यस्थित तरिकाले वितण प्रकृया व्यवस्थित नगर्ने समस्याका कारण किसान आजित भएका थिए । गाउँपालिका कृषि शाखाका प्रमुख राजदेव यादवका अनुसार किसानले तीन सय ५० बोरा लुटेर लगेकोछन् । विउ प्रीत वोरा ४० केजी प्याक गरिएको थियो । पालिकाले प्रत्यक घर परिवारलाई नेपाली नागरिकता, लालपुर्जाको फोटो कमि र निवेदन लिएर २० केजी गहुँको वीउ निःशुल्क वितरण गर्दै आएको बताइएको छ ।

११ बजेदेखि गहुँको बीउ वितरण गरिने भनेर किसानहरुलाई बोलाइएको थियो । वितरण स्थलमा सुरक्षाका लागि सशस्त्र प्रहरी आउन ढिला हुँदा किसानहरुले ताला तोडेर बीउ लुटेर लगेको प्रमुख यादवले बताए । उनले भने, ‘वितरणमा पाँच दश मिनेट ढिलो हुँदैमा यसरी गर्नु हुँदैनथ्यो, किसानलाई हामीले वितरण गरि नै रहेका थियौं ।’

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब