निःशुल्क वितरणका लागि राखिएको गहुँको बीउ किसानले लुटे

  • पुस ६, २०७८ | ७५७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ६ पुस । सिरहा औरही गाउँपालिकाले किसानलाई निःशुल्क वितरणका लागि राखिएको गहुँको बीउ किसानले लुटेर लगेका छन् । औरही गाउँपालिका परिसरमा एक घरमा किसानलाई वितरणका लागि राखिएको गहुँको बीउ वितरणमा ढिलाई गरेपछि किसानहरूले लुटेर लगेका हुन् ।

बीउका लागि किसान लाइनमा लागे पनि समयमा वितरण कर्मचारी नआई पुग्ने, कसैलाई धेरै, कसैलाई थोरै दिने गरपछि आक्रोशित किसानले जवरजस्ती विउ लगेको स्थानीय युवा मनोज पासवानले बताए ।

पासवानका अनुसार किसानहरु विहानै देखि लाईनमा वसेपनि समयमा कर्मचारी नआउने, आएपनि व्यस्थित तरिकाले वितण प्रकृया व्यवस्थित नगर्ने समस्याका कारण किसान आजित भएका थिए । गाउँपालिका कृषि शाखाका प्रमुख राजदेव यादवका अनुसार किसानले तीन सय ५० बोरा लुटेर लगेकोछन् । विउ प्रीत वोरा ४० केजी प्याक गरिएको थियो । पालिकाले प्रत्यक घर परिवारलाई नेपाली नागरिकता, लालपुर्जाको फोटो कमि र निवेदन लिएर २० केजी गहुँको वीउ निःशुल्क वितरण गर्दै आएको बताइएको छ ।

११ बजेदेखि गहुँको बीउ वितरण गरिने भनेर किसानहरुलाई बोलाइएको थियो । वितरण स्थलमा सुरक्षाका लागि सशस्त्र प्रहरी आउन ढिला हुँदा किसानहरुले ताला तोडेर बीउ लुटेर लगेको प्रमुख यादवले बताए । उनले भने, ‘वितरणमा पाँच दश मिनेट ढिलो हुँदैमा यसरी गर्नु हुँदैनथ्यो, किसानलाई हामीले वितरण गरि नै रहेका थियौं ।’

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब