सिरहा नगरपालिका भित्रका लैङ्गिक हिंसा पिडितलाई न्यायमा पहुँचका लागि पूर्ण सहयोग गर्न प्रतिवद्ध छौँ : मेयर यादब

  • पुस ८, २०७८ | ५६८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिका भित्रका लैङ्गिक हिंसा पिडितलाई न्यायमा पहुँचका लागि पूर्ण सहयोग नगरपालिकाले गर्ने प्रतिवद्ध रहेको सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले बताउनु भयो । नगरपालिका भित्र घरेलु हिंसाका घटना बढदै गईरहेको छ । हिंसाका घटनाहरु कम गर्नका लागि सिरहा नगरपालिकाले विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी जनचेतनाका कार्यक्रम गरिरहेको छ । लिंङ्गकै आधारमा अहिले महिला माथि विभिन्न हिंसाका घटना भईरहेको छ । महिलाहरुलाई न्यायमा पहुँच गराई न्याय दिलाइ उनीहरुका जन–जिवन सुधार सम्मका लागि हामी सहयोग गर्न तयार रहेको मेयर यादबले बताउनु भयो ।

लैङ्गिक हिंसा पिडितलाई न्याय सम्म पहुँचका लागि सिरहा नगरपालिकाले लैङ्गिक हिंसा निवारण निर्देशिका-२०७७ बनाएको छ । यस निर्देशिका आधारमा हाल नगरपालिकाले लेैङ्गिक हिंसा निवारण कोष संचालनमा ल्यएको छ । यस कोषबाट हाल सम्म एक जना हिंसा पिडितलाई रु.१० हजार सहयोग गरिएको छ । तर नेपाल सरकारले निर्देशन गरको निर्देशिकाको आधारमा भौगोलिक विविधताका कारणले गर्दा हिंसाका घटनाका प्रकृति पनि फरक भएको हुनले सहयोग गर्न समस्या भईरहेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो ।

यस समस्यालाई सामाधन गर्न लिंङ्गका आधारमा महिला र पुरुष दुवै हिंसा पिडितलाई न्यायमा पहुँच लगायत जिवन निर्भाह विउ पूँजी सम्मको सहयोग हुन सक्ने कानून बनाउन जरुरी रहेको छ । अहिले कस्तो पिडितलाई कति सम्म, के को आधारमा सहयोग गर्ने कुरा निर्देशिकामा स्पष्टता नभएका कारण सहयोग उपलब्ध गराउन समस्या भईरहेको छ । यस्ता समस्यालाई सामाधान गर्न सिरहा नगरपालिकाले आब हुने नगरसभाबाट सम्पूर्ण जटिलताहरुलाई सामाधान गर्ने गरी निर्देशिका संसोधन गर्ने प्रमुख यादबले बताउनु भयो ।

268712164_286003390221242_8727983601606879551_n

सिरहा नगरपालिकामा ८ जनाका लैङ्गिक हिंसा निवारण कोष संचालन समिति बनिसकेको छ । अब केही दिनमै नगरपालिका भित्र पहिचान भएका हिंसा पिडितलाई सहयोग उपलब्ध हुने महिला तथा बालबालिका शाखा प्रमुख जिवन थापाले बताइन् ।

लैङ्गिक हिंसा निवारण कोषलाई थप प्रभावकारी बनाउन एक्सन एड नेपाल र दलित जन कल्याण युवा क्लव सिरहाले सहयोग गर्ने प्रतिवद्धता दलित जन कल्याण युवा क्लव सिरहाको कार्यकारी प्रमुख विनोद कुमार विसुनकेले गर्नु भयो ।
तत्कालै सिरहा नगरपालिकामा हिंसा पिडितलाई न्यायमा पहुँचका लागि मोबाइल फोन सहितको टोल फ्रि नम्बर राखी नगरपालिका भित्र जनचेतना मुलक पर्चा पम्पलेट वितरण कार्य गर्ने प्रमुख विसुनकेले जानकारी दिनु भयो ।

लैङ्गिक हिंसा निवारण कोष संचालन निर्देशिका एक दिने कार्यशाल कार्यक्रम एक्सन एड नेपालको सहयोग, सिरहा नगरपालिकाको समन्वय र दलित जन कल्याण युवा क्लव सिरहाको आयोजनमा सिरहा नगरपालिकाका २२ वडाका वडाअध्यक्ष तथा नगरपालिका भित्रका सम्पूर्ण शाखा प्रतिनिधिहरुका उपस्थितिमा गरिएको थियो ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब