“विकास समृद्धिको आधार नै सिप हो” : वडाअध्यक्ष साह

  • पुस ९, २०७८ | ४७३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिका वडा नं. ७ को सहयोग र सङोर नेपाल, सिरहाको आयोजनामा ५ दिने साबुन तथा सर्फ बनाउने सिप विकास तालिमको समापन् कार्यक्रम वडा नं. ७ को वडाअध्यक्ष उपेन्द्र साहले आफ्नो विचार राख्ने क्रममा भने, “विकास समृद्धिको प्रमुख आधार नै सिप हो” । 

 विकाससँगै सिप तथा जनचेतनामा नेपाल सरकारको लैङ्गिक सामानता सिद्धान्तको आधारमा कार्यक्रम वडा नंं. ७ ले प्रत्येक आ.व. संचालन गरको छ । हाल सम्म सिप विकास कार्यक्रम अन्तर्गत ५० भन्दा बढी युवालाई सिप विकास तालिम दिइएका छन । यस्तै शसक्तिकरण तथा विभिन्न सामाजिक कुरितीलाई हटाउन विभिन्न किसिमको जनचेतना मुलक कार्यक्रम अन्तर्गत एक सय भन्द बढी लक्षीत वर्गहरुलाई तालिम दिइएका छन् । भौतिक विकासले सामाज परिवर्तन हुन नसक्ने भएकोले जनचेतना र सिप विकासलाई पनि वडाले प्राथमिकता दिइएको साहले बताउनु भयो ।

जसले–जे भने पनि तालिम सामाज समृद्धिको आइना हो । तालिमको उपलब्धी भौतिक रुपमा नदेखिए पनि मानिसको व्यवहारमा देखिन्छ । स्थानीय सरकारले यस्ता कार्यक्रमलाई प्राथमिकताको आधारमै राख्न जरुरी छ । अहिले देश अथवा विदेशमा पनि सिप युक्त जनशिक्तको खोजि भईरहेको हुदाँ यस्ता तालिम विकास समृद्धिको प्रमुख आधार हो । यस्ता कार्यक्रम वडा नं. ७ ले निरन्तर रुपमा राख्ने साहले कार्यक्रम सहभागि बिच प्रतिवद्धता गर्नु भयो ।

सिरहा नगरपालिकाका अन्य वाडाहरु भन्दा बैग्लै सोच लिई कार्यक्रम संचालन गरिरहेको सिरहा नगरपालिका वडा नं. ७ को वडाअध्यक्षलाई बाल मन्दिरको प्रअ संजय यादबले खुशी व्यक्त गर्दै धन्यवाद पनि दिनु भयो । लैङ्गिक सामानता आधारलाई पहिलो प्राथमिकतामा राखी कार्य अन्य ठाउँमा भएको छैन् । भौतिक विकासले सामाजलाई संरचना दिन सक्छ । तर सुन्दरता र आथिक समृद्धिका लागि यस्ता तालिम आवश्यक रहेको यादबले बताए ।

साबुन तथा सर्फ विकास तालिममा २०  जना महिला तथा पुरुषका सहभागिता रहेका थिए । तालिमले आर्थिक समृद्धिमा भईरहेको समस्या तथा स्वरोजगार हुन सक्ने सिप दिइएकाले सम्पूर्ण सहभागि खुशी भएको सहभागिहरुका प्रतिनिधित्व गरी आफ्नो विचार सुलोचना पासमानले प्रस्तुत गरिन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब