काठमाडौं । अहिले देशभर चिसो बढेको छ । साँझ विहान चिसो छल्नै गाहे हुन्छ । मधेसका मानिसहरु घुरा तापेर चिसो काट्छन् ।मौसमविद् शान्ति कँडेलले अझै चिसो बढ्ने सम्भावना रहेको बताएकी छन् ।
गत एकसातामा न्यूनतम तापक्रम घटेपनि घाम लागेकाले तुलनात्मक रुपमा कम चिसो महशुस हुँदा दुई दिनयता देशभर बढी चिसो महशुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरणमा एकसाताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्री र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो ।
अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । तथापी पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद् कँडेलको भनाइ छ । उनका अनुसार उच्च पहाडी भेगमा हल्का हिमपात र एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा सतर्कता अपनाउन मौसमविद् कँडेलले अपिल गरेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved