सिरहा । सिरहाको औरही गाउँपालिकामा गेहुँ विउ लुटेको घटनामा पक्राउ परेका किसानहरुको रिहाइ माग गर्दै जनमत पार्टिका कार्यकर्ताहरुले सिरहाको प्रमुख्य बजार सिरहा सदमुकाम, मिर्चैया, गोलबजार र लहानमा शनिवार साझ मशाल जुलुस प्रर्दशन गरको छ ।
किसानहरुका निः शुल्क रुपमा वितरणका लागि भण्डारण गरेको गेहुँ विउ समयमा वितरण नगरेको , वितरण प्रक्रिया सहज नभएको र विभिन्न समस्याहरु श्रृजना गाउँपालिकाको कर्मचारीहरुले गरेको भन्दै किसानले विउ लुटेको थियो । तर गेहुँ विउ लुटन उसकाएको भन्दै केही युवा किसानलाई प्रहरीले पक्राउ गरको र अभिलम्ब रिहाईको माग गर्दै गाउँपालिका कार्यालयमा तलाबन्दी पनि गरको छ ।
जनमत पार्टिले किसानलाई रिहाइ नगरे सम्म आन्दोलन विभिन्न चरणका आन्दोलन गर्ने कार्यक्रम सार्वजिनक गरको छ । आज शनिवार मशाल जुलुस प्रर्दशन गरको छ भने भोली जिल्ला भरी आम हडताल गर्ने कार्यक्रम रहेको जनमत पार्टिको विधार्थी नेता दिपेन्द्र कुमार यादबले सीमा संदेशलाई जानकारी दिइएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved