सिरहा । आमहड्ताल सफल पार्न सडकमा उत्रेका डा. सीके राउत नेतृत्वको जनमत पार्टीका १४ कार्यकर्तालाई प्रहरीले सिरहाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
सिरहाका एसपी हिरा बहादुर पाडेका अनुसार सवारी साधनमा तोडफोड र आगजनी गरेका १४ जना पक्राउ परेका छन् । ९ जना गोलबजारबाट, ३ जना मिर्चैयाबाट र एक जना विष्णुपुरबाट पक्राउ परेका हुन् ।
औरही गाँउपालिकाले गहुंको बीउ लुकटेको भन्दै चार जनामाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आइतवार आमहड्तालको घोषणा गरेको थियो ।
आन्दोलनको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले चोहर्वामा ट्रकमा आगजनी गरेका छन् । यस्तै राजमार्ग बन्द गराउने जनमतका कार्यकर्ता र प्रहरीबीच ठाउ ठाउमा झडप भएको थियो ।
पक्राउ परेका किसानहरुलाई रिहाई र औरही गाउँपालिकाले किसानहरुमाथि दर्ता गराएको मुद्दा फिर्ताको माग गर्दै सोमवार पनि सिरहा जिल्लाभर यातायात अमहडताल गर्ने निर्णय गरेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved