सिरहा । स्वाधीन किसान अधिकार मञ्चले किसानका हक अधिकारसँग सम्बन्धित १३ बुँदे माग सहित आइतवार सदरमुकाम सिरहामा विरोध प्रर्दशन गरेको छ ।
मलखाद्य, बीउ, किटनाशक औषधी, विजुली र पेट्रोलियम पदार्थको सर्वसुलभ व्यवस्था गरिनुपर्ने, मलखाद्यमा हुँदै आएको कालोबजारी र अनियमिततालाई पूर्ण रुपमा बन्द गर्नुपर्ने, किसान परिचयपत्र लागू गर्नुपर्ने, कृषिको लागि सिंचाईको समूचित व्यवस्था गर्नुपर्ने माग राखी स्वाधिन किसान अधिकार मञ्चको नेतृत्वमा केही दिन देखि आन्दोलन गर्दै आइरहेको छ ।

हजारौँका संख्यामा किसानहरु सहभागी भई विभिन्न मागहरुको नारा लगाउँदै सदरमुकामका सडकमा सरकारसँग यि मागहरु अभिलम्ब पुरा गर्न माग गरका छन् । माग पुरा नभए किसानको आन्दोलन नरोकिने र आन्दोलनका विभिन्न चरण हुने विपिन कुमार यादबले बतउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved