सिरहा । सेनेटेरी प्याड बनाउने सिपले स्वारोजगार र पूर्ण सरसफाइ गाउँपालिका बनाउने मदत हुने विष्णुपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतले बताउनु भयो । विष्णुपुर गाउँपालिका, सिरहाको सहयोग र सङोर नेपाल, सिरहाको आयोजनामा संचालन गरिएको सेनेटेरी प्याड बनाउने सिप विकास तालिम कार्यक्रमको समापनमा बताउनु भयो ।
हातबाट बनाएको वासेवल सेनेटेरी प्याडलाई पुनः प्रयोग गर्न सकिने भएकोले गाउँपालिका वासीको आर्थिक वचत लगायत महिनवारीको वेला पलाष्टिक प्रयोग भएको रेडिमेट प्याड एक पटक मात्र प्रयोग गरी जथाभावी हुने फोहरलाई कम गरी वातावरण स्वच्छता बनाई पूर्ण सरसफाई गाउँपालिका बनाउने मदत गर्ने छ ।

रेडिमेट प्याड बढि खर्चिलो हुने भएकोले कपडाको वासेवल प्याड व्यवसायिक रुपमा बनाउन सकियो भने गाउँपालिका भरी विद्यालय लगायत गाउँपालिका भरी नै व्यपार गर्न सकिने सम्भावन रहेकोले यस सिपलाई व्यवसायिक बनाउन् तालिम सहभागिहरुलाई प्रमुख महतले अनुरोध गर्नु भयो ।
तालिम सिकाई प्रभावकारीतालाई प्रसंशा गर्दै महतले, सङोर नेपालको तालिम व्यवस्थापन टिमलाई धन्यवाद दिनु भयो र वासेवल सेनेटेरी प्याड व्यवसायिक रुपमा घरेलु उधोग संचालन गर्नेलाई गाउँपालिकाबाट सिड मनिका रुपमा सहयोग गर्ने सम्मको प्रतिवद्धाता पनि गर्नु भयो ।
सङोर नेपालले दिइएका तालिम अन्य संस्थाहरुबाट लिइएका तालिम भन्द फरक र धेरै नै उपलब्धिमुलक हुने भएकोले यस्तै फेरि सिप विकास तथा जनचेतना सम्बन्धि कार्यक्रम यसै संस्थाबाट संचालन गर्न तालिम सहभागि विभा कुमारी सिंहले प्रमुख प्रशासकीय अधिकृतसँग माग गर्नु भयो ।
सेनेटेरी प्याड बनाउने सिप विकास तालिम महिला शसक्तिकरणमा ठुलो योग्दान गरिरहेकोले यो तालिम केही महिला मात्र नभई पालिकाका सबै महिलालाई दिनु पर्ने आवश्यकता रहेको छ । रेडिमेट प्याड खरिदमा हुन खर्च र यसबाट स्वास्थ्यमा हुने असरलाई कम गर्न तालिम आवश्यक रहेको सङोर नेपालको अध्यक्ष बैधनाथ कुमार यादबले बतउनु भयो ।

तालिममा विष्णुपुर गाउँपालिकको पाँचै वडाबाट २८ जना महिलाहरुका सहभागिता रहेका थिए । तालिम अनुगमन विष्णुपुर गाउँपालिकाको उपध्यक्ष अरहुलिया देवी सिँहले गर्नु भएको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved