सरकारले रुपैयाँ लिएर पनि मल दिन नसकेको अवस्था रहेकाले खाली बोरा बोकेर मधेसभरका पालिकामा आज प्रदर्शन गरिएको जनमत पार्टीका नेता दिपेन्द्र यादवले बताए । उनले भने, हामी सिरहाको औरही गाउँपालिकामा कार्यक्रम गरेका छौं ।
सरकारले किसानको माग पुरा गर्न चासो नदेखाएको भन्दै जनमत पार्टीले संघीय मन्त्रीलाई मधेसमा कालो झण्डा लगायतका विरोधका कार्यक्रम गर्दैै आएको छ । किसानको ११ बुँदे माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved