सिरहाका सदायहरुले मनाए १२ औं माटो दिवस

  • माघ ११, २०७८ | ७५३ पटक पढिएको | सीमा संदेश
alt

सिरहाका सदाय समूदायले ‘अपन माइट अपन पहिचान, सामाजिक परिबर्तनकलेल हमरसवहक अभियान’ भन्ने मुल नाराका साथ सिरहाको गोलबजारमा १२ औं माटो दिवस मनाएका छन् ।
कार्यक्रमका बक्ताहरुले दलितको निम्ति लखौ बजेट आएपनि यहाँका मुसहर समुदासम्म पुग्न नसकेको बताएको छ । जनसंख्याको हिसावले जिल्लमा तेस्रो भएता पनि यो समूदायको राजनिती क्षेत्रमा पहुँच नहुँदा राज्यको सेवा सुविधाबाट बञ्चित हुनु परेको बक्ताहरुको भनाई रहेको छ ।
उनीहरुले राजनितीक दलहरुले मुसहरहरुलाई भोट बैंक रुपमा मात्र प्रयोग गरेको आरोप लगाएका छन् । मुसहरहरु आफ्नो उत्थान र बिकासनिम्ति एक ढिका भाइ अगाडि बढनु बहेक बिक्ल्प नरेको उनीहरुको भनाई रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथी गैरसरकारी महासंघ सिरहाका अध्यक्ष गोबिन बिष्ट, अतिथिहरु मुसहर जागरण अभियान सिरहाका अध्यक्ष रामगेन सदा, रामसेब सदा, रामसुफ सदा, ब्रहमदेब सदा लगायतका ब्याक्तित्व उपस्थिति थियो ।
अरुण सदायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालक शिव शरणा सदाले गरेका थिए । दिबसको अवसरमा २८ बर्षदेखि शिक्षण पेशमाा आवद्धभई मुसहर समुदायको शिक्षामा अहम भुमिका खेल्ने शिक्षाक रामसेब सदा लाई समान गरेका थिए ।
सबरी सक्ल्प समाज गोलबजार र मुसहर जागरण अभियान सिरहाको सयुक्त आयोजनामा सम्पन्न दिवसको मुसहरहरुको कुल देवता दिनाराम दिनाभद्रीको जन्म भुमी जोगिया झाझरबाट ल्याएको माटोको टीका लगाई गोलबजार ६ डोहटियामा माटो दिबसको आरम्भ गरेको थियो ।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गिय गुरुसण सदायको स्मरण गरिएको थियो ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब