सरस्वतीको मूर्तिमा सीप खन्याउँदै सिरहाका कुम्हाल समुदाय

  • माघ १५, २०७८ | ५५६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहासहितका मिथिला क्षेत्रमा अहिले कुम्हाल समुदाय सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन् । सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्न भ्याइनभ्याई छ ।

वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ । “अब दिन कति बाँकी रहे र ? ”, मूर्तिमा कुचीले विभिन्न रङ भर्न व्यस्त सिरहा नगरपालिका–११ भलुवाहिका सीताराम पण्डित कुम्हालले भने, “दुई/चार मूर्तिमात्रै बिके पनि अलिकति रकमको जोहो हुन्थ्यो, दिन घर्केपछि फेरि मूर्ति खोज्न त कोही आउँदैनन्, त्यसैले मूर्तिको काम चाँडै सक्नु परेको छ ।”

यसपालि यही माघ २३ गते आइतबार श्रीपञ्चमी परेको छ । माटो मुछेर भाँडा, मूर्ति बनाउने पेसाका कुम्हाल अब पर्वविशेषमै आफ्नो पुख्र्यौली व्यवसाय सीमित भएको बताउँछन् । अहिले सरस्वती पूजनोत्सव नजिकिँदै गर्दा मूर्ति बनाउन लागिपरेको सीतारामको भनाइ छ । मिथिलामा श्रीपञ्चमी पर्वमा विद्यालयमात्र नभई घरमै पनि सरस्वती पूजा गर्ने परम्पराले यो बेला सरस्वतीका मूर्तिको माग उच्च गरेको छ । “अब पहिलेजस्तो घरायसी प्रयोजनमा माटाका भाँडा प्रयोग हुन छाड्यो, त्यसैले हाम्रो सीप चाडबाड विशेषमा सीमित भएको छ,” उनले भने ।

सरस्वती पूजनोत्सवमा एक महिनापहिले देखि नै कुम्हालको व्यस्तता बढ्छ । मूर्तिका लागि माटो छान्ने, ओसार्ने, मुछ्ने, पराल र खरलाई मूर्ति आकार बनाएर माटो भर्ने र अन्त्यमा सरस्वतीको मूर्ति आकर्षक बनाउन विभिन्न रङ भरेर तयार गर्ने यस क्रमका काम हुन्छन् । सामान्यतः पूजनोत्सवमा सरस्वतीसँगै गणेशजीको मूर्तिको पनि माग हुन्छ । हिन्दू परम्परामा सबै शुभकार्यमा गणेशजीको अग्र पूजाको परम्पराले सरस्वती पूजनोत्सवमा पनि गणेशजीका मूर्तिको माग हुने गरेको पण्डितले बताए ।

यसपालि पर्वकै मुखमा कोरोना भाइरस सङ्क्रमणको सन्त्रास बढेको हुँदा सरस्वती पूजनोत्सवका समारोह पनि निकै कम आयोजना हुने देखिन्छ । यसले पर्वकेन्द्रित कमाई घटाउने भए पनि पुख्र्यौली पहिचान थाम्न चाडबाड विशेषका सामग्री बनाउने गरिएको उनको भनाइ छ । माग भएका सामान समयमै दिनपर्ने हुँदा अहिले सरस्वतीका मूर्ति तयार गर्न धमाधम परेको कुम्हाल बताउँछन् । “पहिले पो घरायसी प्रयोजनमा माटाका गाग्री, तौला ९सामान राख्ने र खाना पकाउनसमेत प्रयोग गरिने भाँडा, ढकन, अङ्खरा र छ्याँची ९दही जमाउने भाँडा० प्रयोग हुन्थे र पो सधैँ यी सामानको बजार जम्थ्यो”, पण्डितले भने, “अब दैनिक प्रयोजनमा माटाका भाँडाको ठाउँ प्लास्टिकका भाँडाले लिएपछि हाम्रो सीप पनि चाडपर्वमा खुम्चेको छ ।”

दुई दशकपहिलेसम्म सधैँ माटाका भाँडा बनाउन व्यस्त रहने कुम्हाल अब चाडपर्व विशेषका भाँडा र मूर्ति बनाएर पुख्र्यौली पेसाको पहिचानमात्र कायम राखिएको बताउँछन् । पछिल्ला केही दशकयता घरायसी प्रयोजनमा डेक्ची, बाटा, बाल्टिन, गिलास, अङ्खराजस्ता भाँडामात्र नभएर बाँसको चोयाबाट बन्ने डाली, छिटी, नाङ्लो र चाल्नोसहितका सामान पनि प्लास्टिककै प्रयोग हुन थालेका छन् । माटाका भाँडा सानो असावधानीले छिसिक्क कतै ठोक्किनासाथ फुट्ने हुँदा अब सर्वसाधारण उपभोक्ताको रोजाइमा प्लास्टिकका भाँडा पर्न थालेका कुम्हाल स्वयं स्वीकार गर्छन् ।

दसैँमा दुर्गाजी, तिहारमा लक्ष्मीजी, श्रीपञ्चमीमा सरस्वतीज,ि भदौ शुक्ल चौथीमा गणेशजी र असोज सङ्क्रान्तिमा विश्वकर्माबाबाका मूर्तिको माग उच्च हुने गरेको छ । यसबाहेक तिहार, छठ र चौरचनसहितका पर्वमा बत्ती बाल्ने दियो, गाग्री, तौला, दही जमाउने छ्याँची र केही सानातिना भाँडाको माग बढ्दा पर्वविशेषको व्यस्तता हुने र अन्य समय जीवन गुजाराका लागि अरू काममा व्यस्त हुनुपरेको कुम्हालहरु बताउँछन् । आफ्ना पछिल्ला पुस्ताले त जीवन गुजारा नचल्ने भएपछि पुख्र्यौली पेसा छाड्दै गएका लोहारपट्टि–४ कै वडासदस्यसमेत रहनुभएका पाका उमेरका कुम्हाल राजकिशोर पण्डितले बताए । “हेर्नोस्, हाम्रो बस्तीमा ४० घर जति कुम्हाल हौँला, अब अहिले हेर्दा ३० वर्षमुनिका कोही माटाका मूर्ति र भाँडा बनाउने काममा छैनन्”, ६० वर्षीय राजकिशोरले भन्नुभयो, “जीवन गुजारा नचल्ने भएपछि नयाँ पुस्ता अन्य व्यवसायमा लागेका छन्, हाम्रो शेषपछि यो पुख्र्यौली काम पनि कसैले थेग्लान् भन्ने लाग्दैन ।”

जिल्लामा अल्पसङ्ख्यक नै देखिने कुम्हाल जातिका पाका व्यक्ति अब एक/दुई पुस्तापछि नै चाडपर्वमा चाहिने माटाका भाँडा पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था आउने बताउँछन् । 

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब