रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ ।
रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् । मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् ।
रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किएभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।
Copyright © 2020 / 2025 - Seema Sandesh Daily.com All rights reserved