एक लाख म्यादी प्रहरीका लागि खुल्यो भर्ना

  • चैत २, २०७८ | ४१९ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको छ ।

दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने भनिएको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।

म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने सूचनामा भनिएको छ ।

२०७८ साउन १ गतेदेखि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्राथमिकता पाउनेछन् । नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ ।

म्यादी प्रहरी सम्बन्धी अन्तिम नतिजा २२ चैतमा प्रकाशित हुनेछ भने उनीहरुको सेवा अवधि ४० दिन रहेनछ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) ले ३० हजार २४० रुपैयाँ दिइने भनिएको छ ।

उनीहरुलाई खाद्यान्नवापत एकमुष्ठ ७ हजार २०० रुपैयाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने भनिएको छ ।

निर्वाचनमा खटिने कर्मचारीका लागि तयारी रुवरुप खटाइएको ठाउँमा आउन जान थप एक हजार रुपैयाँ उपलब्ध गराइने पनि भनिएको छ ।

Myadi-Police_release

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब