देशका विभिन्न १० जिल्लामा बर्ड फ्लुको सङ्क्रमण : अहिलेसम्म ६५ हजारभन्दा धेरै कुखुरा नष्ट

  • चैत ६, २०७८ | ४२८ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । नेपालमा देखिएको बर्ड फ्लुको सङ्क्रमण विभिन्न १० जिल्लामा फैलिएको छ । पशु सेवा विभागका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, कास्की र पर्सामा बर्ड फ्लु देखिएको हो ।

काठमाण्डौको तारकेश्वर र कागेश्वरी मनोहरा तथा भक्तपुरको सूर्यविनायकमा यसअघि देखिएको सङ्क्रमण नियन्त्रण गरे पनि फेरि देखिएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सङ्क्रमण नियन्त्रणमै छ । अरु जिल्लाबाट पनि परीक्षणका लागि नमुना प्राप्त भएका छन् तर त्यसको नतिजा आइसकेको छैन ।

सङ्क्रमण फैलिएका ती जिल्लाका ६५ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । त्यस्तै १५ हजार किलो दाना र २५ हजार ओटा अण्डा नस्ट गरिएको विभागको तथ्याङ्क छ । पक्षीमा टाउको सुन्निने, सिउर लोति निलो/कालो हुने र धेरैको सङ्ख्यामा एकैपटक मर्ने जस्ता लक्षणसहित बर्ड फ्लु देखिएको छ ।

छिटो फैलने भएकाले र मानिसमा समेत सर्ने रोग भएकाले सतर्कता अपनाउन पशु सेवा विभागले आग्रह गरेको छ । साथै पक्षी पालेको ठाउँमा नियमित सरसफाइ गरी निःसङ्क्रमण गर्न, घरपालुवा पक्षीलाई खुला नछोड्न, जङ्गली तथा अन्य चराको सम्पर्कमा आउन नदिन, मरेका पक्षीलाई गहिरो खाल्डो खनेर पुर्न विभागका प्रवक्ता डा. ढकालको सुझाव छ ।

विभागले पक्षी ओसारपसार गर्दा स्वास्थ्य जाँच गराइ भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न, अन्त प्रयोग भइसकेका पुराना क्रेट, बोराजस्ता सामग्री आफ्नो फार्ममा पुनः प्रयोग नगर्न, पक्षीको ढुवानी गरिसकेपछि ढुवानी गाडीको अनिवार्य रुपमा सरसफाइ तथा निःसङ्क्रमण गर्न र अस्वाभाविक रुपमा पक्षी बिरामी परे वा मरेमा पशु सेवाका निकायमा सूचना दिन पनि आग्रह गरेको छ।

बर्ड फ्लु सङ्क्रमणबाट क्षति भएका पक्षी तथा सामग्रीको सरकारले किसानलाई राहत दिने गरेको छ । 

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब