सिरहाको भगवानपुर गाउँपालिकामा नवरात्र पर्यटन महोत्सव - २०७८ मनाइने

  • चैत १८, २०७८ | २,८२५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । ऎतिहासिक र धार्मिक रुपले प्रसिद्ध सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर - १ स्थित रहेको श्री बालासुन्दरी भगवती मन्दीरमा नवरात्र पर्यटन महोत्सव - २०७८ मनाइने भएको छ ।

धार्मिक क्षेत्रको विकास गर्नुका साथै पर्यटकलाई भित्राउने उदेश्य सहित मोहोत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले बताउनु भयो । २०७८ चैत १९ गते देखि २९ गते सम्म ११ दिनको लागि चल्ने महोत्सवमा धार्मिक , सांस्कृतिक , स्थानीय रितिरिवाज र रहनसहनलाई झल्काउने खालका (पहिचान संग सम्बन्धित ) विभिन्न जागरणका कार्यक्रमहरु गरिने उहाँले बताए ।

महोत्सवको उदघाटनका दिन विशाल कलशयात्र हुने बालासुन्दरी मोहोत्सव मुल समितिका अध्यक्ष रामविलास सदायले बताएका छन् । महोत्सव अबधिमा रासलिला , भजनकिर्तन , होमकुण्ड , शान्ती जागरणका लागि जनचेतना कार्यक्रम , धार्मिक अनुष्ठान , २४ घण्टे अष्ट्याम , शोभायात्रा लगायतका कार्यक्रम पनि गरिने अध्यक्ष सदायले बताए ।

महोत्सवमा कृषि मेला , रमाईलो मेला, झाँकी प्रर्दशन , बैलगाडा दौड प्रतियोगिता खेलकुद लगायत निबन्ध प्रतियोगिता समेत संचालन गरिने भगवानपुर गाउँपालिका वडा नम्बर - १ का वडा अध्यक्ष बद्री नारायण यादवको भनाई छ । महोत्सवमा मनोरञ्जनका लागि नृत्यका कार्यक्रमहरु समेत संचालन गरिने भएको छ ।

धार्मिकरुपले भगवानपुर गाउँपालिकालाई चिनाउने माँ भगवती बालासुन्दरी मन्दिरमा गत बर्स देखि निरन्तर रुपमा मोहत्सव संचालन भैरहेको छ । महोत्सव संचालन गर्न यस आर्थिक बर्षमा गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । महोत्सव संचालन गर्नकालागि स्थानीहरुले पनि सहयोग गरेको बहुजन शक्ति पार्टी नेता तथा समाजसेवी रामेन्द्र मण्डलले बताए ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब