भन्सार एजेन्टको परीक्षा वैशाखमा

  • चैत २१, २०७८ | ८०५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । भन्सार एजेन्टको विज्ञापनको एक वर्षपछि परीक्षा सञ्चालन हुने भएको छ । भन्सार विभागले सार्वजनिक सूचना जारी गरी आगामी वैशाख १७ का लागि लिखित परीक्षा तय गरेको छ।

परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश चैत १३ मा दिएपछि परीक्षा हुने भएको हो ।

आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । थैवले भन्सार एजेन्टसम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै मागदाबी गरेकी थिइन् ।

गत वर्ष चैत १६ मा भन्सार एजेन्ट इजाजतपत्रका लागि दरखास्त भएको थियो । भन्सार एजेन्टको परीक्षा सोही वर्षको जेठ २२ र माघ २९ मा तोके पनि दुवै पटक स्थगित भएका थिए ।

यसअघि २८ फागुनमा परीक्षा तय भए पनि मुद्दाका कारण रोकिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब