मधेस : जहाँ नयाँ वर्षको दिन मात्र फुल्छ हारमको फूल, भक्तजनहरुको घुईचाें !

  • वैशाख १, २०७९ | ९१८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ।

‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ। सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर९मन्दिर० सँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ।

धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सिरहाको सलहेश फूलबारीमा रहेको रुखमा नयाँ वर्षको वैशाख एक गते मात्र फुल्ने फूल हेर्न र पूजा अर्चना गर्ने दर्शनार्थीहरुको आज बिहानैदेखि ठूलो भिड लागेको छ ।
फूलबारी भित्र रहेको राजा सलहेश र मालिनीको गहवर (मन्दिर) मा पूजा अर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने विश्वास गरिएको फूल हेर्न अहिले दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख ओइलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ। त्यो रुख के को हो र कसरी यतिका वर्षसम्म बाँचिरहेका छन् भन्ने खोजको विषय बनेको छ।

वनस्पतिविद्का अनुसार छैटौंरसातौं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस् जानकारी प्राप्त हुन सकेको छैन। राजा सलहेस को थिए, कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एकपटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक घटनाको किंबदन्ती छ।

छैटौंरसातौं शताब्दीदेखि मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो जुन अहिले सिरहा नगरपालिकामा पर्छ। त्यसबेला त्यहाँका सामन्त भूपाल सोमदेव र मन्दोदरीका कोखबाट एउटा इन्द्रस्वरुप वीरबालक जयवद्र्धन (सलहेस)को जन्म भएको थियो। उनी सानै उमेरदेखि सौर्यवान्, प्रखर बुद्धिमान् र सौर्यशाली थिए।

सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो। त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गथ्र्यो । भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ (हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ)का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए ।

भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथाका गढपति बने । सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य संगठनलाई सुसगठित पारेका थिए । पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी नामकी सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनीबीच प्रेम भएको भन्ने किंबदन्ती छ ।

राजा सहलेस दलितमध्ये दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको मन्दिर बनाइ देवताका रूपमा पूजाआजा गर्ने परम्परा छ । लहान नगरपालिकादेखि चार किमी पश्चिम–दक्षिणमा १२ बिघा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हार (माला)का रुखमा वैशाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा विस्तारै मौलाउँदै जान्छ।

अचम्मको उक्त फूल हेर्न भारतबाट समेत असंख्य मानिस आउने र मेला भर्ने गर्छन् । किंबदन्ती अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । साँचो मनले जसले भाकल गर्छ, उसको मनोकामना पुरा हुने जनविश्वास छ ।

मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन् । सिरहा जिल्लाभित्र राजा सलहेसको गाथासँग जोडिएको धार्मिकस्थलको खोजी गरी सरकारले संरक्षण गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सकिने पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर साहले भने – ‘यो एउटा मात्र यस्तो स्थान हो जसलाई सबै समुदायले पुज्ने गर्छन् ।

राजा सलहेसको गाथालाई जीवन्तता दिन अहिले पनि गाउँगाउँमा गीत र महराईमार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ। मिथिलाको ऐतिहासिक यस्ता गौरवशाली इतिहास बोकेका धरोहर संरक्षणको संवर्द्धन र विकास गर्न सरकारले अग्रसरता देखाउनुपर्ने हो ।’ राष्ट्रिय गौरवका रूपमा रहेको यस्तो अनौठो फूलको सरकारीस्तरबाट प्रचारप्रसार गर्न सके यसले अन्तर्राष्ट्रिस्तरमा नेपालको पहिचान बनाउन सक्नेछ ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब