राष्ट्रिय युवा परिषदद्वारा १२५० म्यादी प्रहरीलाई उद्यमशीलता तालिम

  • वैशाख ६, २०७९ | ३९४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । राष्ट्रिय युवा परिषदले स्थानीय निर्वाचन प्रयोजनका लागि छनौट भएका म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिएको छ । हालसम्म धादिङका ७०० र भक्तपुरका ५५० जना म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिइएको हो । तालिमले म्यादी प्रहरीलाई स्वरोजगार बन्न प्रेरित गर्ने परिषदको विश्वास छ ।

स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन छनौट भएका म्यादी प्रहरी ४० दिनपछि विदा हुनेछन् । विदा भएपछि उनीहरु पुनः बेरोजगार नबनुन् भनेर स्वरोजगार तालिम दिइएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । बस्नेतले भने, ‘निर्वाचन सकिए लगत्तै बेरोजगार बन्न जाने युवा म्यादी प्रहरीलाई आफ्नै देशभित्र स्वरोजगार बन्न प्रेरित गर्न हामीले उद्यमशीलता तालिम दिएका हौं ।’

परिषदले भक्तपुर र धादिङका १ हजार २५० जना म्यादी प्रहरीलाई सहुलियतपूर्ण कर्जा सहजीकरण, वित्तीय साक्षरता र उद्यम तालिम दिएको जनाएको छ ।

नेपाल सरकारबाट जारी गरिएको ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधि–२०७५’ मा केन्द्रित रहेर तालिम दिइएको परिषदका प्रशासकीय प्रमुख रमाकान्त शर्माले बताए । तालिमबाट स्वदेश भित्रै स्वरोजगार बन्न म्यादी प्रहरीका सहभागीहरु निकै उत्साहित भएको शर्माले बताए ।

अहिलेसम्म भक्तपुरमा अलग–अलग समूह बनाएर ५५० जना म्यादी प्रहरीलाई उद्यम तालिम दिइसकिएको छ । तालिम कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको समेत उपस्थिति रहेको थियोे ।

यस्तै धादिङमा विभिन्न समूह बनाएर ७०० जना म्यादी प्रहरीलाई तालिम दिइएको परिषदका तालिम शाखा प्रमुख दिनेश घिमिरेले बताए । धादिङको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा समेत सहभागी थिए ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब