लोकतान्त्रिक गणतन्त्रमा निर्वाचन

  • जेठ ७, २०७९ | ७८० पटक पढिएको | केदार यादब (सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष)
alt

भनिन्छ, लोकतन्त्रको आधार आवधिक निर्वाचन हो। निर्वाचन विना लोकतन्त्र जीवित रहन्न। त्यसैले लोकतन्त्रमा निर्वाचन अनिवार्य सर्त हो। सिद्धान्ततः निर्वाचन लोकतन्त्रको अभ्यासका लागि गरिन्छ, तर व्यवहारतः निर्वाचन गर्ने भनेको भौतिक विकास र राजनीतिक निकासका लागि हो।लोकतन्त्रको स्वस्थता र सबलता अनि शासनको वैधताका लागि आवधिक निर्वाचन अपरिहार्य छ ।जत्तिको रक्तदान महत्त्वपूर्ण छ,त्योभन्दा बढी मतदान महत्त्वपूर्ण छ ! किनकि रक्तदानले केही सजिबहरूले पुनर्जीवन प्राप्त गर्छन् । मतदानले समाज र देशले नयाँ जीवन प्राप्त गर्दछ।

राजनीतिक प्रतिस्पर्धामा हारजित एउटा स्वभाविक प्रकृया हो । नेपाली जनातको बलिदानीपुर्ण संघर्षबाट आज संघिय गणतन्त्र नेपाल भएको छ । समानुपातिक, समावेशी र सामाजिक न्यायको निमित्त निरन्तरण लडी रहने एक जिम्मेवार सिपाही हुनुको नाताले म र मेरो पार्टी तपाईहरुकै बीचमा रहेर हमेशा काम गर्ने प्रतिवद्धता जाहेर गर्दछु । साथै सहयोग र समर्थन सहित विश्वासको मतदान दिनुहुने सबैलाई धन्यवाद ।

 प्रतिस्पर्धामा हारजित हुनु भनेको लोकतन्त्रमा एउटा सुन्दर पक्ष हो । मन जित्नेले नै सबै जित्न सक्छ भने सोच अनुरुप
हजुरहरुको मन र मत दुबै जित्न सफल भएको ठानेको छु। निर्वाचनको क्रममा मैले धेरै कुरा सिक्ने अवसर पाए । यसलाई मैले पुरस्कारको रुपमा ग्रहण गरेको छु । सबै मानिसको मन धमिलो हुदैन, सबै मानिस धोकेवाज पनि हुदैनन । कहिले काही तेल सकिएर दियो निभेको हुन सक्छ, हरेक समय हावा मात्र दोषी हुदैन । 

जित्नेलाई मान र हार्नेलाई सम्मान भन्ने अभिप्रायका साथ यस पटकको चुनावमा निकटतम प्रतिद्वन्द्वीको रुपमा रहनुभएको नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार शत्रुधन प्रसाद साहज्यु र जनता समाजवादी पार्टीका प्रयाग लाल यादव लगायत सबै प्रतिस्पर्धी उम्मेदवारहरु प्रति सम्मान प्रकट गर्दै गाउँपालिकाको विकास , शान्ति सुरक्षा र सामाजिक सद्भभाव कायम गर्न  रचनात्मक सहयोगको अपेक्षा राखेको छु।

स्थानिय तहको निर्वाचन सफल र शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने निवर्नाचन आयोग, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, मतदाता, बुद्धिजिवी, पत्रकार, मानवअधिकारकर्मी,सम्पुर्ण शुभचिन्तक नेता, कार्यकर्ता र आम गाउँपालिकाबासीहरुलाई हालै सम्पन्न निर्वाचनको परिणाम र जनताको जनादेशलाई सम्मान गर्दै उत्साह र उमंगका साथ अघि बढ्न र यस गाउँपालिकाको विकासमा अग्रसर  हुनुको साथै  सुशासन, विकास र समृद्धिको ढोका खोल्न  हार्दिक अनुरोध गर्दछु ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब