हात्तीदहमा ‘सेल्फी ब्रिज’ निर्माण गरिदिने मेयर महेश चौधरीको घोषणा

  • जेठ १९, २०७९ | ४७९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । लहान नगरपालिका १५ शोभापुरमा रहेको हात्तीदहमा ‘सेल्फी ब्रिज’ निर्माण गरिदिने नवनिर्वाचित मेयर महेश चौधरीले घोषणा गरेका छन् ।

पर्यटकीय स्थलको रुपमा चर्चित रहेको हात्तीदहमा लोभ लाग्दो दृश्य निर्माण रहेको सो स्थलमा थप आकर्षक बनाउँन सेल्फीब्रिज निर्माण गरिने मेयर चौधरीले बताए ।

हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र लहान १५ शोभापुरले जेठ १८ गते आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेयर चौधरीले लहानलाई चिनाउँने एउटा सुन्दरस्थल रहेकोले थप निर्माण कार्य गर्न लहान नगरपालिकाको दायित्व रहेको बताए ।

मेयर चौधरीले थप निर्माणको लागि मास्टरप्लान अनुरुप लहान नगरपालिका र प्रदेश तथा संघीय सरकारबाट बजेटको लागि सिफारिस गरिने बताए ।

सो कार्यक्रममा उपमेयर रामचरितर महतोले पर्यटकीय क्षेत्रलाई थप निर्माण गर्न गराउँन प्रदेश सरकारसँग समन्वय गर्ने बताएका छन् ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब